बुधबार, मंसिर १२, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

स्कटल्यान्डविरुद्धको जितले लक्ष्यतर्फ अघि बढ्दै नेपाली टिम

अब नेपाललाई एक दिवसीय मान्यता बचाउनका लागि १० खेलमा ७ जित मात्र आवश्यक छ। आजको खेलमा पहिले ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले पूरा ओभर खेल्दै आठ विकेट गुमाएर २७४ रन बनाएको थियो। जवाफमा नेपालले तीन ओभर र तीन विकेट बचाएर जितका लागि आवश्यक रन पूरा गरेको हो।
 |  शुक्रबार, फागुन ५, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ५, २०७९

काठमाडौं– नेपालले शुक्रबार स्कटल्यान्डलाई हराएसँगै एक दिवसीय मान्यता बचाउने लक्ष्यमा एक पाइला अघि पुगेको छ। आईसीसी विश्वकप लिग २ अन्तर्गत काठमाडौंमा जारी त्रिकोणात्मक शृंखला सुरु हुनु अघिसम्म नेपाललई १२ खेलबाट ९ जित चाहिएको थियो। बाँकी खेलहरुमा सबैभन्दा बलियो टिम स्कटल्यान्ड नै थियो। तर शुक्रबार नेपालले स्कटल्यान्डलाई तीन विकेटले हराएर लक्ष्यमा एक पाइला अघि बढेको छ।

triton college

अब नेपाललाई एक दिवसीय मान्यता बचाउनका लागि १० खेलमा ७ जित मात्र आवश्यक छ। आजको खेलमा पहिले ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले पूरा ओभर खेल्दै आठ विकेट गुमाएर २७४ रन बनाएको थियो। जवाफमा नेपालले तीन ओभर र तीन विकेट बचाएर जितका लागि आवश्यक रन पूरा गरेको हो।

नेपालका लागि आज दिपेन्द्र सिंह ऐरी र कुशल मल्लले सानदार पारी खेले। उनीरुले क्रमशः ८५ र ८१ रन बनाए। दीपेन्द्र त प्लेयर अफ दि म्याचसमेत बने।  ्अघिल्लो खेलमा नामिबियाविरुद्ध सतकीय पारी खेलेका नेपाली ओपनर कुशल  भुर्तेल स्कटल्यान्डविरुद्धको खेलमा भने सुरुमै आउट भए। त्यसपछि ब्याटिङको तेस्रो नम्बरमा मैदान पसेका ज्ञानेन्द्र मल्ल पनि आउट भए। र, नेपाली ब्याटर आउट हुने क्रम रोकिएन। आसिफ शेख र कप्तान रोहित पौडेल पनि चाँडै डगआउट फर्किए। यद्यपी नेपालले पहिलो र दोस्रो ओभरमा सानदार प्रदर्शन गरेको थियो।

अब नेपाललाई एक दिवसीय मान्यता बचाउनका लागि १० खेलमा ७ जित मात्र आवश्यक छ। आजको खेलमा पहिले ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले पूरा ओभर खेल्दै आठ विकेट गुमाएर २७४ रन बनाएको थियो। जवाफमा नेपालले तीन ओभर र तीन विकेट बचाएर जितका लागि आवश्यक रन पूरा गरेको हो।

पहिलो ओभरमै २३ रन बनाएको नेपालले दोस्रो ओभरमा ३० रन पुर्याएको थियो। तर नेपाली शीर्ष क्रममा ब्याटर आउट भएपछि नेपालले नवौं ओभरको पहिलो बलमा चार विकेट गुमाएर ५५ रनमात्र बनायो।  दुई ओभर र एक बलमा क्रिस सोलेको बलबाट कुशल आउट भएका थिए। उनको ब्याटमा लागेर गएको बललाई विकेटकिपर क्रुसले क्याच गरेपछि १९ रन बनाएका कुशल आउट भए। एक चौका हानेका ज्ञानेन्द्र पनि तेस्रो बलमा क्रसको हातबाट क्याचआउट भए। उनलाई पनि सोलेले आउट गराए।

पाँचौं ओभरको चौथो बलमा आशिफ शेख १४ बलमा ९ रन बनाएर आउट भए। उनलाई पनि सोलेले क्रुसबाट क्याचआउट गराए। यता, वाटले खेलको नवौं ओभरमा रोहितलाई आउट गराएका थिए। रोहित ६ रन बनाएर आउट भए। आशिफ बाहिरिएपछि मैदान छिरेका कुशल मल्लले ६७ बलमा नौ चौका र चार छक्काका साथ ८१ रन बनाए।

Metro Mart
vianet

तीन वर्षअघि यही मैदानमा डेब्यू गरेका मल्लको क्रिकेट यात्रा बीचमा खस्किए पनि उनले सानदार कमब्याक गरेका छन्। नेपालले खेलेको लिग २ को पहिलो शृंखलामा अमेरिकाविरुद्ध अर्धसतक बनाएका कुशलले आज स्कटल्यान्डविरुद्ध अहिलेसम्मकै उत्कृष्ट पारी खेले। रमाइलो कुरा त उनले यसअघिका आठ इनिङमा ९१ रन मात्र बनाएका थिए।

कुशलले डेब्यु गरेयता नेपालले ३२ भन्दा धेरै एकदिवसीय खेल खेलिसकेको छ। त्यसमध्ये उनले ९ खेलमा मात्र अवसर पाएका थिए। त्यसबाहेकका खेलमा उनले खास अवसर पाएका थिएनन्। तर जारी सिरिजमा आवसर पाएका उनले उत्कृष्ट प्रदर्शन गरेका हुन्। उनी नेपालका लागि सबैभन्दा कम उमेरमा अर्धसतक बनाउने खेलाडी पनि हुन्।

कुशलले नेपालका लागि दिपेन्द्र सिंह ऐरीसँग सय रनको पार्टनरसिप गरेका थिए। ७७ रनबाट सुरु भएको उनीहरुको साझेदारी १७७ रनसम्म चलेको थियो। यसबीच कुशललाई वाटले हम्जा ताहिरको हातबाट क्याचआउट गराएपछि उनीहरुको साझेदारी तोडिएको हो।

कुशलपछि मैदान छिरेका गुल्सनसँग जम्ने क्रममा रहँदै दिपेन्द्रले पनि अर्धसतक बनाएका थिए। अघिल्लो खेलमा सात रनमै आउट भएका उनले आज ७० बलमा अर्धसतक पूरा गरेका हुन्।

दिपेन्द्रको गुल्सनसँगको साझेदारी भने २२० रनसम्म मात्र टिक्यो। त्यतिबेलासम्ममा १३ रन बनाएका गुल्सनलाई बल र माइकलले क्याच एन्ड बल्ड आउट गराएका थिए। उनी आउट हुँदा तीन विकेटसहित १२ ओभर हातमा भएको अवस्थामा नेपाललाई ५५ रन आवश्यक थियो। मैदानमा दिपेन्द्रसँग सोमपाल कामी तैनाथ थिए। सोमपालले २४ रन ल्याएपछि आवश्यक रन पुरा गर्दै  नेपालले स्कटल्यान्डलाई हराएको हो।

सातौं नम्बरमा आएर सतक

नेपालविरुद्ध पहिले ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले पूरा ५० ओभर खेल्दै आठ विकेट गुमाएर २७४ रन बनाएको थियो।

लिग २ को उपाधि जितिसकेको स्कटल्यान्डका माइकल लिस्कले सातौं ब्याटरका रुपमा मैदानमा पसेर सतक बनाएपछि नेपालले ठूलो  लक्ष्य पाएको थियो। लिस्कले ९ छक्का र तीन चौकाका साथ सो रन जोडेका थिए। यता नेपालले सुरुआतमा निकै सानदार बलिङ गरे पनि माइकललाई भने आउट गर्न सकेन।

आठौं ओभरमा नेपालका लागि बलिङ गरेका कुशल मल्लले चौथो बलमा पहिलो विकेट लिएका थिए। उनले स्कटल्यान्डका ओपनर रिची बेरिङटनलाई कट एन्ड बोल्ड आउट गरेका हुन्। यससँगै कप्तान बेरिङटोन २५ बलमा १९ रन बनाउँदै आउट भए। टस जितेर पहिले फिल्डिङ रोजेको नेपालका लागि कुशलले नै दोस्रो विकेट पनि लिए। उनले क्रिस्टोफर म्याकब्रिडलाई १२ औं ओभरको पहिलो बलमा विकेटकिपर आरिफ शेखबाट स्टम्पिङ आउट गराएका थिए।

त्यसपछि लेग स्पिनर सन्दीप लामिछानेले १५ औं ओभर र १७ औं ओभरमा विकेट लिए। लामिछानेले १४ ओभर पाँच बलमा माथ्थिउलाई एलबीडब्लू आउट गराउँदा उनले दुई रन मात्र जोड्न सकेका थिए। १६ ओभर एक बलमा एलबीडब्लू गराउँदासम्म थोमसले १९ रन बनाएका थिए। त्यसपछि सन्दीपले ब्रान्डम म्याकुलमलाई कुशल मल्लको हातबाट क्याचआउट गराए। त्यसैले एक छक्का प्रहार गरिसकेका म्याकुलमले २२ रन मात्र बनाउन सकेका थिए। यो नै सन्दीपले लिएको तेस्रो तथा अन्तिम विकेट थियो।

खेलमा क्रिस ग्रभ्सलाई कुशल भुर्तेलले शेखबाट स्टम्पिक गराएपछि पाहुना टिम २४ ओभर दुई बलमा ६ विकेट गुमाएर १११ रन मात्र बनाएको कमजोर अवस्थामा थियो। तर त्यसपछिको अवस्था त्यस्तै कमजोर रहेन। सातौं नम्बरमा मैदान पसेका माइकल लिस्क र ज्याक जर्भिस (आठौं ब्याटर)ले लामो पारी खेले उनहरुले १११ बाट १९२ रनसम्म साझेदारी गरेका थिए। त्यतिखेरसम्म ४० औं ओभरको तेस्रो बलसम्ममा २६ रन बनाएका ज्याक जार्विसलाई दिपेन्द्र सिंह ऐरीले बोल्ड आउट गरेका थिए। यता खेलमा १० ओभर बाँकी रहँदै माइकलले अर्धसतक बनाइसकेका थिए। उनले ५६ बलमा चार छक्का र दुई चौकाका साथ ५२ रन बनाए। खेल अवधिभर ७७ बल खेल्दै सतक पूरा गरेका उनले ९ छक्का र तीन चौका प्रहार गरे। अविजित रहेका उनको एक दिवसीय क्रिकेटमा यो उनको पहिलो सतक समेत हो। यसअघि उनको सबैभन्दा उच्च रन ८५ रन रहेको थियो। आजको खेलसँगै उनले एक दिवसीयमा एक हजार रन पनि पूरा गरेका छन्।

पहिलो पारीको अन्तिम ओभरमा नेपालले आठौं विकेट गिराएको थियो। नवौं नम्बरमा मैदान पसेका मार्क वाटले सिंगल बाउन्ड्रिसाथ २० रन बनाएपछि चार बल बल मात्र बाँकी रहँदा रन आउट भएका थिए।

नेपालका लागि सन्दीपले तीन, कुशलले दुई विकेट लिए भने सोमपाल कामी, कुशल भुर्तेल र दिपेन्द्रले समान १–१ विकेट गिराएका थिए।  यसअघि स्कटल्यान्डले नामिबियालाई १० विकेटले हराएको थियो। सो खेलका जित निकाल्दै स्कटल्यान्ड लिग २ को विजेता बनिसकेको छ।

पर्खाल नाघेर छिरे समर्थक

यो खेलमा पनि सय भन्दा धेरै दर्शक मैदानको पश्चिमपट्टि रहेको वाल नाघेर मैदानको प्यारापिटमा छिरेका छन्। खेलको पहिलो पारी सकिएपछि समर्थकहरु पहिले मैदानको होचो वाल नाघेर र पछि गेट तोडेर दर्शक बस्ने प्यारापिट प्रवेश गरेका हुन्। नेपाली क्रिकेटका दर्शकहरु नेपालको अघिल्लो खेलमा पनि गेट तोडेर प्यारापिटमा पुगेका थिए। आजका खेलमा पनि ठूलो संख्यामा समर्थकहरु वाल नाघेर प्यारापिटमा पुगेका हुन्।

नेपाली क्रिकेटको इतिहासमा स्कटल्यान्ड पहिलो पटक नेपाल आएको हो। यसले नेपालको घरेलु मैदानमा पहिलो पटक खेलिरहेको छ। नेपाल र स्कटल्यान्डको खेल हेर्नका लागि घरेलु समर्थकले वाल नाघेका हुन्।

प्रकाशित: Feb 17, 2023| 17:34 शुक्रबार, फागुन ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।