काठमाडौं –पाँचौ नम्बरमा नेपाली क्रिकेट टिमका तर्फबाट स्कटल्यान्डविरुद्ध ब्याटिङमा छिरेका क्रिकेटर कुशल मल्लले अर्धसतक बनाएका छन्। तीन वर्षअघि लिग २ कै खेलमा अमेरिकाविरुद्ध अर्धसतक बनाएका कुशलले आज स्कटल्यान्डविरुद्ध अर्धसतक बनाएका हुन्।
त्रिवी क्रिकेट मैदानमा जारी आईसीसी विश्वकप लिग २ अन्तर्गतको अहिले जारी खेलमा उनले ४२ बलमा अर्धसतक बनाएका हुन्। उनले अर्धसतक बनाउने क्रममा कुशलले तीन छक्का र छ चौका प्रहार गरिसकेका छन्।
अहिले उनी मैदानमा दिपेन्द्र सिंह ऐरीको साथमा छन्। यअघि ११ औं ओभरको पाँचौ बलमा नोपलले पाँचौ विकेट गुमाएर ७७ रन बनाएको खराब अवस्था पछि यि दुई खेलाडी मैदानमा खेलिरहेका छन्। अहिलेसम्म उनीहरुले ४८ रनको साझेदारी गरिसकेका छन्।