काठमाडौं – नामिबियाविरुद्ध सतकीय पारी खेलेका नेपाली ओपनर कुशल भुर्तेल स्कटल्यान्डको खेलमा भने सुरुमै आउट भए। त्यसपछि ब्याटिङको तेस्रो नम्बरमा मैदान पसेका ज्ञानेन्द्र मल्ल पनि आउट भए। नेपालको ब्याटिङमा खेलाडी आउट हुने क्रम रोकिएन। यससँगै आसिफ शेख र कप्तान रोहित पौडेले पनि आउट भइसकेका छन्।
नेपाली शीर्ष क्रममा ब्याटर आउट भएपछि नेपालले नवौं ओभरको पहिलो बलमा चार विकेट गुमाएर ५५ रन मात्र बनाएको छ। नेपालले दुई ओभर र एक बलमा क्रिस सोलेको बलबाट आउट भएका हुन्। कुशलको ब्याटमा लागेर गएको बललाई विकेटकिपर क्रुसले क्याच गरेका थिए। ज्ञानेन्द्र पनि क्रसक हातबाट क्याचआउट भएका छन्। उनलाई पनि सोलेले आउट गराए।
त्यस्तै खेलको पाँचौ ओभरको चौथो बलमा आशिफ शेख १४ बलमा ९ रन बनाएर आउट भए। उनलाई पनि सोलेले क्रुसबाट क्याचआउट गराएका हुन्।
यता, वाटले खेलको नवौं ओभरमा रोहितलाई आउट गराएका थिए। रोहित १६ रन बनाएर आउट भए।