काठमाडौं – नेपाल र स्कटल्यान्डको आजको खेलमा सयभन्दा धेरै दर्शक मैदानको पश्चिमपट्टि रहेको वाल नाघेर मैदानको प्यारापिटमा छिरेका छन्। खेलको पहिलो पारी सकिएपछि समर्थकहरु मैदानको होचो वाल नाघेर दर्शक बस्ने प्यारापिट प्रवेश गरेका हुन्।
नेपाली क्रिकेटका दर्शकहरु नेपालको अघिल्लो खेलमा पनि गेट तोडेर प्यारापिटमा पुगेका थिए। आजका खेलमा पनि ठूलो संख्यामा समर्थकहरु वाल नाघेर प्यारापिटमा पुगेका हुन्।
नेपाली क्रिकेटको इतिहासमा स्कटल्यान्ड पहिलो पटक नेपाल आएको हो। यसले नेपालको घरेलु मैदानमा पहिलो पटक खेलिरहेको छ। नेपाल र स्कटल्यान्डको खेल हेर्नका लागि घरेलु समर्थकले वाल नाघेका गरेका हुन्।
पहिलो हाफ सकिने वित्तिकै समर्थक मैदान पसेका थिए। आजको खेलमा पहिले ब्याटिङ गरेको स्कटल्यान्डले पूरा ओभर खेल्दै आठ विकेट गुमाएर २७४ रन बनाएको छ। यससँगै नेपालले २७५ रनको लक्ष्य पाएको छ।