आइतबार, भदौ १४, २०८३

कुशलले लिए अर्को विकेट, ओपनरसँगै स्कटल्यान्डको गयो चार विकेट

नेपालविरुद्ध पहिले ब्याटिङको निम्तो पाएको स्कटल्यान्डको चैथो विकेट पनि पतन भएको छ।
 |  शुक्रबार, फागुन ५, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ५, २०७९

काठमाडौं – नेपालविरुद्ध पहिले ब्याटिङको निम्तो पाएको स्कटल्यान्डको चैथो विकेट पनि पतन भएको छ। नेपालका लागि बलिङ गरेका कुशल मल्लले दुइ विकेट लिएका छन्। उनले ओठौं ओभरको चौथो बलमा रिची बेरिङटनलाई कट एन्ड बोल्ड आउट गरेका थिए।

अहिले स्कटल्यान्डको लगातार विकेट पतन भैरहेको छ। त्यस्तै, १२ औं ओभरको पहिलो बलमा उनको बलमा आसिफ शेखले कृस्टोफर म्याकबृडलाई स्टम्पिङ गरेका थिए।

यससँगै कप्तान बेरिङटोन २५ बलमा १९ रन बनाउँदै आउट भएका छन् भने कृस्टोफरले २९ बलमा २२ रन बनाएका छन्।

त्यसैगरी सन्दिप लामिछानेले पनि दुई विकेट गिराएका छन्। उनले थोमस र माथ्यू मैदानमा सेट नहुँदै एलबीडब्लू आउट गराएका हुन्।

कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा जारी खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको थियो।

यसअघि स्कटल्यान्डले नामिबियालाई १० विकेटले हराएको थियो। सो खेलका जित निकाल्दै स्कटल्यान्ड लिग २ को विजेता बनिसकेको छ।

नेपाललाई यो घरेलु सिरिजमा जित निकै महत्वपूर्ण रहेको छ। किनभने नेपालले बाँकी ११ खेलमध्ये आठ खेलमा जित निकाल्नै पर्ने हुन्छ। यसो गर्न सके मात्र नेपालको एक दिवसीय मान्यता जोगिने भएको छ।

प्रकाशित: Feb 17, 2023| 10:15 शुक्रबार, फागुन ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।