काठमाडौं– नेपालविरुद्ध पहिले ब्याटिङको निम्तो पाएको स्कटल्यान्डको पहिले विकेट पटन भएको छ। नेपालका लागि बलिङ गरेका कुशल मल्लले पहिल विकेट लिएका हुन्। उनले ओठौं ओभरको चौथो बलमा रिची बेरिङटनलाई कट एन्ड बोल्ड आउट गरेका हुन्।
यससँगै कप्तान बेरिङटोन २५ बलमा १९ रन बनाउँदै आउट भएका छन्। कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा जारी खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको थियो।
यसअघि स्कटल्यान्डले नामिबियालाई १० विकेटले हराएको थियो। सो खेलका जित निकाल्दै स्कटल्यान्ड लिग २ को विजेता बनिसकेको छ।
नेपाललाई यो घरेलु सिरिजमा जित निकै महत्वपूर्ण रहेको छ। किनभने नेपालले बाँकी ११ खेलमध्ये आठ खेलमा जित निकाल्नै पर्ने हुन्छ। यसो गर्न सके मात्र नेपालको एक दिवसीय मान्यता जोगिने भएको छ।