मंगलबार, पुस १, २०८२

लिग २ मा नेपाल र स्कटल्यान्ड भिड्दै

नेपालले आज त्रिवी क्रिकेट मैदानमा पाहुना टिम स्कटल्यान्डविरुद्ध आईसीसी विश्वकप लिग २ को खेलमा सामना गर्दैछ।
 |  शुक्रबार, फागुन ५, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ५, २०७९

काठमाडौं– नेपालले आज त्रिवी क्रिकेट मैदानमा पाहुना टिम स्कटल्यान्डविरुद्ध आईसीसी विश्वकप लिग २ को खेलमा सामना गर्दैछ। त्रिवी मैदानमा दिउँसो ९ बजेबाट सुरु हुने खेलमा नेपालले लिग २ को च्याम्पियनसँग सामाना गर्न  लागेको हो।

National life

स्कटल्यान्ड आफ्नो दुई खेल बाँकी रहँदै लिग २ को च्याम्पियन बनिसकेको हो। अब उसले सबै खेलमा जित निकाल्न नसके पनि उसलाई कुनै टिमले भेट्न सक्ने छैन। यता निकै बलिया टिम स्कटल्यान्डलाई हराउने लक्ष्यका साथ आज नेपाल मैदान प्रवेश गर्नेछ।

नेपाललाई यो घरेलु सिरिजमा जित निकै महत्त्वपूर्ण रहेको छ। किनभने नेपालले बाँकी ११ खेलमध्ये आठ खेलमा जित निकाल्नै पर्ने हुन्छ। यसो गर्न सके मात्र नेपालको एक दिवसीय मान्यता जोगिने भएको छ।

त्यसैले आजको खेलमा नेपाल जितको लक्ष्यसाथ मैदान पस्नेछ। त्रिवी क्रिकेट मैदानमा पहिलो पारीमा भन्दा दोस्रो पारीमा पिच राम्रो हुने भएकाले आजको खेलका लागि हुने टस जित्ने टिमले बलिङ रोज्ने सम्भावना धेरै छ।

प्रकाशित: Feb 17, 2023| 08:03 शुक्रबार, फागुन ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।