सोमबार, माघ ७, २०८१
  • गृहपृष्ठ
  • समाज
  • खानेपानीको पाइपलाइन फुट्यो? मन्त्रालयको यो नम्बरमा फोन गर्नुस्

Siddartha premir insuranceSiddartha premir insurance

खानेपानीको पाइपलाइन फुट्यो? मन्त्रालयको यो नम्बरमा फोन गर्नुस्

खानेपानी मन्त्रालयले उपभोक्ताको गुनासो सुनुवाइ गर्न टोल फ्रि नम्बर सार्वजनिक गरेको छ। खानेपानी मन्त्री अब्दुल खानले टोल फ्रि नम्बर ११७१ सार्वजनिक गरेका हुन्।
 |  शुक्रबार, फागुन ५, २०७९

रासस

रासस

शुक्रबार, फागुन ५, २०७९

ntc landingntc landing

काठमाडौं- खानेपानी मन्त्रालयले उपभोक्ताको गुनासो सुनुवाइ गर्न टोल फ्रि नम्बर सार्वजनिक गरेको छ। खानेपानी मन्त्री अब्दुल खानले टोल फ्रि नम्बर ११७१ सार्वजनिक गरेका हुन्।

himalayan bank box

तीन दिन अगाडि परीक्षण गरेको उक्त टोल फ्रि नम्बरमा बिहीबार मन्त्री खानले जनकपुरबाट आएको गुनासोको सुनुवाइ गर्दै गुनासो सुनुवाइ एकाइको उद्घाटन गरेका हुन्।

‘खानेपानी समस्या समाधान गर्न र उपभोक्ताको गुनासो सुन्न खानेपानी मन्त्रालयले गुनासो कल सेन्टरको स्थापना गरेको हो, हाम्रो टोल फ्रि नम्बर ११७१ मा पाइपलाइन फुटेमा वा कतै पानीको लाइन बिग्रिएर खानेपानी नपाएमा उपभोक्ताले सिधै मन्त्रालयमा रहेको कल सेन्टरमा फोन गरेर गुनासो टिपाउन सक्नुहुन्छ’, उनले भने।

उनले सातामा एक दिन आफू कल सेन्टरमा बस्ने भन्दै दैनिक ४ जना कर्मचारीले उपभोक्ताको गुनासोको सुनुवाइ गर्ने जानकारी दिए। उनले दूरदराजका जनतालाई सरकार भएको प्रत्यक्ष अनुभूति दिलाउन मन्त्रालयले गुनासो सुनुवाइ एकाइ स्थापना गरिएको जानकारी दिए।

‘सरकारको लक्ष्य सहरबजारका जनतालाई खानेपानी र सरसफाइमा पहुँच पुर्‍याउनमात्र होइन, दूरदराजका गाउँ टोलमा सरकार भएको अनुभूति गराउन हामीले गुनासो सुनुवाइ एकाइ सञ्चालनमा ल्याएका छौँ। एकाइमा आएका गुनासो तत्काल सम्बोधन हुन्छ। कार्यालय समयमा लाइभ अन्य समयमा रेकर्डमार्फत गुनासोको सुनुवाइ हुन्छ,’ उनले भने।

उपभोक्ताको गुनासोलगत्तै मन्त्रालयले प्रदेश सरकार, स्थानीय सरकार र खानेपानी मन्त्रालयअन्तर्गतका कार्यालयसँग समन्वय गरेर समस्या समाधान गर्ने मन्त्रालयका सचिव मणिराम गेलालले बताए।

गुनासो सुनुवाइ गर्न मन्त्रालयले अधिकृतको नेतृत्वमा चार कर्मचारी खटाएको छ।

कार्यालयले समयमा आएको गुनासो तत्काल सम्बोधन गर्नेछन् भने अन्य समयमा रेकर्डमा रहने जनाइएको छ। मन्त्रालयले सार्वजनिक गरेको टोल फ्रि नम्बर ११७१ मा नेपाल टेलिकमका ग्राहकले मात्र गुनासो दर्ता गराउन मिल्ने मन्त्रालयका प्रवक्ता शोभाकान्त पौडेलले बताए।

एनसेल तथा स्मार्ट टेलिकमसँग समेत कुरा भएको भन्दै छिट्टै एनसेल तथा स्मार्ट टेलिकमका ग्राहकले समेत गुनासो गर्न सक्ने उनले बताए।

प्रकाशित: Feb 17, 2023| 07:18 शुक्रबार, फागुन ५, २०७९
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।