बुधबार, कात्तिक ५, २०८२

'नेपालकै प्रतिष्ठित अवार्डसँग जोडिन पाउँदा खुसी छौं'

मन्चले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै नेपालका लागि एडिडासको आधिकारिक बिक्रेता रुट्स फेसन प्रालि र मञ्चबीच बिहीबार सम्झौता भएको जानकारी दिएको हो।
 |  बिहीबार, फागुन ४, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ४, २०७९

काठमाडौं- नेपाल खेलकुद पत्रकार मञ्चले १९औं संस्करणको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७८ को लागि विश्व प्रसिद्ध स्पोर्ट्स ब्रान्ड एडिडाससँग सहकार्य गरेको जानकारी दिएको छ। 

Kumaribank

मन्चले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै नेपालका लागि एडिडासको आधिकारिक बिक्रेता रुट्स फेसन प्रालि र मञ्चबीच बिहीबार सम्झौता भएको जानकारी दिएको हो। 

मञ्चका तर्फबाट अध्यक्ष दुर्गानाथ सुवेदी (देवेन्द्र) र रुट्स फेसनको तर्फबाट प्रबन्ध निर्देशक सन्जिव तुलाधरले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

'यो सम्झौता तीन वर्षका लागि हो। सम्झौताअनुसार एडिडासले हरेक वर्ष अवार्डमा १० लाख रुपैयाँ बराबरको सामग्री प्रदान गर्नेछ। एडिडासले यसअघि पनि स्पोर्ट्स अवार्डमा सहकार्य गरेको थियो,' प्रेस विज्ञप्तिमा लेखिएको छ।

सम्झौतापछि रुट्स फेसनका प्रबन्ध निर्देशक तुलाधरले नेपालकै प्रतिष्ठित अवार्डसँग जोडिन पाउँदा खुसी लागेको बताएका छन्। उनले भने, 'नेपालकै प्रतिष्ठित एनएसजेएस पल्सर स्पोर्टस अवार्डसँग पुनः जोडिन पाउँदा हामी धेरै खुसी छौं। खेलाडी र खेलकर्मी सम्मानमा जोडिन पाउँदा हामीले आफुलाई गौरवान्वित ठानेका छौं। यसअघि पनि हामीले मञ्चसँग सहकार्य गरेका थियौं। तर विविध कारण बीचमा सहकार्य निरन्तर हुन सकेन। आगामी वर्षहरूमा पनि हाम्रो सहकार्यले निरन्तरता पाउने विश्वास छ।'

Metro Mart

त्यस्तै मञ्चका अध्यक्ष सुवेदीले एडिडास जस्तो विश्वस्तरीय ब्रान्डको साथ पाउनुले स्पोर्ट्स अवार्डको उचाई अझ वढेको बताए।

'करिब १० वर्षपछि एडिडास र मञ्चबीच पुनः सहकार्य भएको छ। एडिडासको आधिकारिक बिक्रेता रुट्स फेसन प्रालिसँग धेरै समयपछि जोडिन पाउँदा हामी धेरै खुसी छौं। यो तीन वर्षको सहकार्यले बाँकी वर्षहरूमा पनि निरन्तरता पाउने हामीले विश्वास लिएका छौं,' सुवेदीले भने।

एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड यही फागुन २३ गते काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठनमा हुँदैछ। अवार्डमा यसपटक वर्ष पुरुष खेलाडी, वर्ष महिला खेलाडी, वर्ष प्रशिक्षक, वर्ष युवा खेलाडी, पिपल्स च्वाइस, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोट्स जर्नालिस्ट अवार्ड गरी ९ विधा समावेश छन्। 

जसमा पाँच विधाका विजेताहरूले पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गर्नेछन्। अन्य विधाका विजेताहरूले नगद पुरस्कार प्राप्त गर्नेछन्। 

अवार्डको चर्चित विधा पिपल्स च्वाइस अवार्डको मनोनित खेलाडीहरू सार्वजनिक भइसकेका छन्। यस विधामा क्रिकेटका आसिफ शेख, फुटबलका अञ्जन विष्ट, टेनिसकी अभिलाषा विष्ट, पौडीकी डुवाना लामा, भलिबलकी उषा भण्डारी मनोनयनमा परेका छन्।

पिपल्स च्वाइस विधाको मनोनयनमा परेका खेलाडीलाई समर्थकहरूले विद्युतीय भुक्तानीको सेवाप्रदायक कम्पनी ई–सेवामार्फत मतदान गर्न सक्नेछन्। त्यसको मतभार ५० प्रतिशत हुनेछ। त्यस्तै एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको आधिकारिक फेसबुक पेजमा गएर आफूलाई मनपर्ने खेलाडीको फोटोमा लाइक गरेर पनि मतदान गर्न सकिनेछ। यसको मतभार २५ प्रतिशत हुनेछ। 

त्यसबाहेक खेल पत्रकार र राष्ट्रिय प्रशिक्षकहरूले पनि मतदान गर्नेछन्। खेल पत्रकार र राष्ट्रिय प्रशिक्षकले गर्ने मतदानको मतभार समान १२.५ प्रतिशत हुनेछ। मनोनयनमा परेका खेलाडीलाई फागुन २१ गते राति १२ बजेसम्म मतदान गर्न सकिनेछ।

उत्कृष्ट वर्ष पुरुष खेलाडी, उत्कृष्ट वर्ष महिला खेलाडी, उत्कृष्ट वर्ष प्रशिक्षक, उत्कृष्ट वर्ष युवा खेलाडीको मनोनयन केही दिनमा सार्वजनिक हुनेछ।


प्रकाशित: Feb 16, 2023| 21:43 बिहीबार, फागुन ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।