मंगलबार, पुस १, २०८२

मल्लको नेतृत्वमा ह्यान्डबल संघको तदर्थ समिति

ह्यान्डबलका पूर्व प्रमुख प्रशिक्षक मल्लको अध्यक्षतामा १७ सदस्यीय तदर्थ समिति गठन गरिएको हो।
 |  बिहीबार, फागुन ४, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ४, २०७९

काठमाडौं- विश्व बम मल्लको अध्यक्षतामा नेपाल ह्यान्डबल संघ तदर्थ समिति गठन गरिएको छ। ह्यान्डबलका पूर्व प्रमुख प्रशिक्षक मल्लको अध्यक्षतामा १७ सदस्यीय तदर्थ समिति गठन गरिएको हो।

National life

सन्देश रेग्मीले महासचिव तथा ह्यान्डबलकै पूर्व प्रशिक्षक एवं राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत तालिम तथा प्रशिक्षण विभागका पूर्व निर्देशक हिमालराज दाहालले कोषाध्यक्षको जिम्मेवारी पाए।

सदस्यमा रामकृष्ण केसी, विकास खनाल, रत्नज्योति मानन्धर, विराटमान वज्राचार्य, रविन धौभडेल, राकेश राई, बसन्त श्रेष्ठ, श्याम खरेल, पुरुषोत्तम लामिछाने, कमला विष्ट, राम गुरुङ, टेकबहादुर विक, रामेश्वर श्रेष्ठ र विमलेश सिंह रहेका छन्।

समितिलाई ३ महिना भित्र विधान मस्यौदा तयार गरी परिषद्को स्वीकृतिमा साधारण सभा तथा निर्वाचन गर्नु पर्नेछ।

प्रकाशित: Feb 16, 2023| 21:22 बिहीबार, फागुन ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।