मंगलबार, पुस १, २०८२

ए डिभिजन लिगमा मनाङ मर्स्याङ्दीको कप्तान दीपले गर्ने

उनलाई क्लबले आज बिहीबार कप्तानका रुपमा नियुक्त गरेको हो।
 |  बिहीबार, फागुन ४, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ४, २०७९

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- आगामी फागुन १९ गतेबाट सुरु हुने सहिद स्मारक ए डिभिजन लिगमा मनाङ मर्स्याङ्दीको कप्तानी दिप कार्कीले गर्ने भएका छन्। उनलाई क्लबले आज बिहीबार कप्तानका रुपमा नियुक्त गरेको हो।

यसअघि दीपले राष्ट्रिय फुटबल टिमबाट गोलकिपरको भूमिका निर्वाह गरिसकेका छन्। ‘राष्ट्रिय फुटबल टिमका गोलकिपर समेत रहिसकेका कार्कीलाई यस सिजनको ए डिभिजन लिगका लागि कप्तान नियुक्ति गरिएको छ। कार्कीको कप्तानीमा क्लबले यस सिजन उत्कृष्ट नतिजा निकाल्ने विश्वास क्लब परिवारले लिएको छ,’ क्लबले विज्ञप्तिमा लेखेको छ।

यसअघि नेपाली टिमको प्रशिक्षकमा अब्दुल्लाह अलमुताइरी रहँदा सिनियर टिमका १० मूख्य खेलाडीसँग प्रशिक्षकको विवाद भएपछि अलमुताइरीले दीपलाई राष्ट्रिय टिमको गोलकिपर बनाएका थिए। उति बेला किरण कुमार लिम्बू, विकेश कुथु र विशाल श्रेष्ठ टिम बाहिर थिए।

प्रकाशित: Feb 16, 2023| 18:51 बिहीबार, फागुन ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।