मंगलबार, पुस १, २०८२

एसियाली खेलकुदको प्रवर्द्धन गर्न 'रन फर फन'

नेपाल ओलम्पिक कमिटीको सहकार्यमा एओसीले फागुन ४ गते ललितपुरको पाटनमा रन फर फन प्रतियोगिताको आयोजना गर्ने भएको हो।
 |  बिहीबार, फागुन ४, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ४, २०७९

काठमाडौं- एसियाली ओलम्पिक कमिटीले काठमाडौंमा रन फर फन (रमाइलोको लागि दौड) कार्यक्रमको आयोजना गर्ने भएको छ। नेपाल ओलम्पिक कमिटीको सहकार्यमा एओसीले फागुन ४ गते ललितपुरको पाटनमा रन फर फन प्रतियोगिताको आयोजना गर्ने भएको हो।

National life

चीनमा आउँदो सेम्टेम्बरमा आयोजना हुने १९औं एसियाली खेलकुदलाई लक्षित गर्दै यो रनिङ आयोजना गर्न लागिएको हो। प्रतियोगिताको लागि १९औं एसियाली खेलकुदका निर्देशक जिन, सह निर्देशक वाङ, आर्थिक काउन्सिलर सियूलगायतका चिनियाँ प्रतिनिधि नेपाल आइसकेका छन्।

यसै सन्दर्भमा आज नेपाल ओलम्पिकका अध्यक्ष जीवनराम श्रेष्ठले यो रनिङ एसियाली खेलको लागि प्रवर्द्धन स्वरुप आयोजना भएको जानकारी दिएका छन्। उनले भने, ‘यो रनिङ बिहान ७ बजे सुरु हुने। एसियन गेम्स प्रमोसनको लागि यो रनिङ आयोजना गरिएको हो। हामीले यसअघि १९ औं एसियाली खेलकुदका लागि आर्ट फेस्टिभल पनि आयोजना गरिसकेका छौं। त्यसमा १३ वर्ष माथिका ३२ विद्यार्थी सहभागिता रहेको थियो,’ श्रेष्ठले भनेका छन्।

उनले चीनले १९९० मा बेइङिमा र सन् २०१० मा ग्वान्जाउमा सफल रुपमा आयोजना गरेको स्मरण गर्दै आउँदा गेम्सको लागि पनि शुभकामना व्यक्त गरेका छन्। यता प्रतियोगिताको निर्देशक जितले ग्वान्जाउमा हुन लागेको यो दोस्रो एसियाली खेलकुद हुने यो सफल रुपमा हुने दाबी गरेका छन्

उनले भने, ‘म यहाँ २०१८ मा साग आयोजना हुँदा आएको थिएँ। नेपालले निकै सफल रुपमा गेम्स गराएको थियो। अब ग्वान्जाउमा 

Laxmi sunrise bank
kumari

एसियाली गेम्स आयोजनाको दोस्रो समय हो। त्यसको प्रवर्द्धनको लागि आयोजना गरिएको भोलिको कार्यक्रम सफल हुनेछ भन्ने आशा छ।’

त्यस्तै, उप निर्देशक वाङले एसियाली खेलकुद आयोजनाबारेमा संक्षिप्त जानकारी दिएका छन्।

उनले गेम्सका लागि आवश्यक सबै भौतिक पूर्वाधारको निर्माण सकिएको जानकारी दिएका छन्। साथै उनले पूर्वाधारहरु उच्च स्तरमा निर्माण भएको पनि जानकारी दिएका छन्।

४८३ विधाका खेलकुदका लागि टेक्निकल हेन्डबुक तयार रहेको जानकारी दिएका छन्। प्रतियोगितामा ५६ भेन्यू तोकिएको छ भने ३१ अभ्यास भेन्यू रहेका छन्। त्यस्तै, गेम्सको भिलेज र सब भिलेज अहिलेबाटै प्रयोगमा आउन थालिसकेको छ। प्रतियोगितालाई सफल बनाउनका लागि ३८ हजार स्वयंसेवक खटाइने आयोजकले जानकारी दिएको छ।

यो दौड शुक्रबार बिहान पाटन दरबार स्क्वायरमा बिहान सात बजे सुरु भएर सोही स्थानमा अन्त्य हुनेछ। पाटनमा सुरु भएको दौड गा बाहाल, पुलचोक, कृष्ण गल्ली, पाटन ढोका, अशोक हल र भिमसेन मन्दिर हुँदै पाटन दरबार फर्किने छ। दौडका साथसाथै विभिन्न सांस्कृतिक झाँकीहरु पनि देखाइने छ।


प्रकाशित: Feb 16, 2023| 18:38 बिहीबार, फागुन ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।