बुधबार, कात्तिक ५, २०८२

टी-२० विश्वकपः इन्डिया सेमिफाइनल नजिक, पाकिस्तानको पहिलो जित

हरमिन प्रितको कप्तानीमा रहेको भारतले बुधबार राति वेस्ट इन्डिजलाई ६ विकेटले हराएर समूह बीमा चार अंक जोडेसँगै सेमिफाइनल नजिक पुगेको हो।
 |  बिहीबार, फागुन ४, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ४, २०७९

काठमाडौं – दक्षिण अफ्रिकामा जारी आईसीसी महिला टी-२० विश्वकपमा भारतको महिला टिम सेमीफाइनल नजिक पुगेको छ। हरमिन प्रितको कप्तानीमा रहेको भारतले बुधबार राति वेस्ट इन्डिजलाई ६ विकेटले हराएर समूह बीमा चार अंक जोडेसँगै सेमीफाइनल नजिक पुगको हो।

Kumaribank

अब भारतले लिगको अर्को खेलमा इंग्ल्यान्डसँग खेल्नु पर्नेछ। बुधबार केप टाउनको मैदानमा वेस्टइन्डिजले टस जितेर पहिले ब्याटिङ गरेको थिए। जहाँ वेस्टइन्डिजले २० ओभरमा छ विकेट गुमाएर ११८ रन बनायो। वेस्ट इन्डिजका लागि स्टेफेनी टेलरले सबैभन्दा धेरै ४२ रन बनाइन जबकी शेमाइन क्याम्पबेलले ३० रनको योगदान दिएकी थिइन्। कप्तान हेली मथ्युज भने दुई रनमै आउट भइन्।

बलिङमा भारतकी दिप्तीले सबैभन्दा धेरै तीन विकेट लिएकी छन्। उनी प्लेयर अफ दि म्याचसमेत बनिन्। यो खेलमा भारतीय बलर दिप्तीले आफ्नो अन्तर्राष्ट्रिय क्रिकेटमा १०० विकेट पुरा गरेकी छन्।

जवाफी पारीमा इन्डियाले चार विकेट गुमाएर १९ औं ओभरमै जितको लागि आवश्यक रन बनाएको थियो। कप्तान हरमिन प्रित कौर र रिचा घोषले अर्धसतकको साझेदारी गरेपछि जित सम्भव भएको हो। उनीहरुले चौथो विकेटका लागि ७२ रनको साझोदारी गरेका थिए। जहाँ कौरले ३३ साथै रिचा घोषले ४४ रन बनाएका थिए।

वेस्टइन्डिजका लागि करिश्मा सामहरकले दुई विकेट लिइन्। भारतका लागि ओपनर शेफली बर्मा र स्मृति मन्धनाले सानदार सुरुआत गरेका थिए। उनीहरुले सुरुका दुई ओभरमै २८ रन बनाइसकेका थिए। तर मन्धना ३२ रन भइको अवस्थामै(स्टम्पिङ आउट) पेवेलियन फर्किइन यता शेफलीले पनि २८ रनको पारी मात्र खेलिन्।

Metro Mart

अहिलेसम्म भारतले दुवै खेलमा जित निकालेको छ। यदी उसले आउँदो एक खेलमा जित निकालेको अवस्थामा सेमीफाइनलमा स्थान सुरक्षित गर्नेछ।

त्यस्तै महिला विश्वकपको बुधबार रातिको खेलमा पाकिस्तानले पनि जित निकालेको छ। उसले आयरल्यान्डलाई ७० रनले हराउँदै विश्वकपमा पहिलो जित निकालेको हो। यसअघिको खेलमा पाकिस्तानले भारतसँग हार बेहोरेको थियो। पाकिस्तान समूह बी को तेस्रो स्थानमा छ भने भारत दोस्रो स्थानमा छ।

प्रकाशित: Feb 16, 2023| 13:20 बिहीबार, फागुन ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।