बुधबार, कात्तिक ५, २०८२

ठूलो रकम खेलाडीमा खर्चिएको चेल्सी पराजित

च्याम्पियन्स लिग अन्तर्गत बोरुसिया डर्टमन्डको घरेलु मैदानमा सम्पन्न खेलमा चेल्सी १–० ले पराजित भएको हो।
 |  बिहीबार, फागुन ४, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ४, २०७९

काठमाडौं-युरोपेली च्याम्पियन्स लिगमा चेल्सी बिहीबार राति पराजित भएको छ। च्याम्पियन्स लिग अन्तर्गत बोरुसिया डर्टमन्डको घरेलु मैदानमा सम्पन्न खेलमा चेल्सी १–० ले पराजित भएको हो।

Kumaribank

गएको जनवरी खेलाडी सरुवा बजारमा ठूलो रकम दाउमा लगाएको चेल्सीले प्रिमियर लिगमा र च्याम्पियन्स लिगमा निकै उत्कृष्ट प्रदर्शन गर्ने आशा गरिएको थियो। उसले यो सिजन मात्र ६११ मिलियन पाउन्ड खेलाडी सरुवामा खर्च गरेको थियो। तर उसले च्याम्पियन्स लिगको अन्तिम १६ अन्तर्गतको पहिलो लेगको खेलमा हार बेहोरेको हो।

कतार विश्वकपमा उत्कृष्ट युवा खेलाडी बनेका एन्जो फर्नान्डेस र पोर्चुगलका प्रभावशाली युवा फरवार्ड जोआ फेलिक्स लगायतका खेलाडी उसले ठूलो मूल्यमा किनेको थियो। इन्जो त अहिलेसम्मकै सबैभन्दा ठूलो मूल्यमा चेल्सी पुगेका छन्।

तर गएराति खेलको ६३ औं मिनेटमा डर्टमन्डका करिम अडेयेमीले गोल गर्दै अग्रता दिलाएका थिए। सोहि अग्रता बचाउँदै जर्मन टिमे जित निकालेको हो। अब क्वार्टरफाइनलमा पुग्नका लागि चेल्सीलाई दुईभन्दा वा सोभन्दा धेरै गोलअन्तरले  जित निकाल्नु पर्ने भएको छ।

प्रकाशित: Feb 16, 2023| 11:04 बिहीबार, फागुन ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।