शुक्रबार, फागुन १, २०८२

आर्सनललाई हराउँदै सिटी प्रिमियर लिगको शीर्षस्थानमा

लामो समय देखिको लिगलिडर आर्सनललाई हराउँदै म्यानचेस्टर सिटी प्रिमियर लिगको शीर्षस्थानमा उक्लिएको छ। बुधबार राति सम्पन्न प्रिमियर लिगको खेलमा आर्सनललाई ३–१ ले हराउँदै सिटी शीर्षस्थानमा उक्लिएको हो।
 |  बिहीबार, फागुन ४, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ४, २०७९

काठमाडौं– लामो समय देखिको लिगलिडर आर्सनललाई हराउँदै म्यानचेस्टर सिटी प्रिमियर लिगको शीर्षस्थानमा उक्लिएको छ। बुधबार राति सम्पन्न प्रिमियर लिगको खेलमा आर्सनललाई ३–१ ले हराउँदै सिटी शीर्षस्थानमा उक्लिएको हो।

National life

अहिले यि दुवै टिमको समान ५१–५१ अंक रहेको छ। तीने खेलअघि मात्र आठ अंकको अग्रतामा रहेको आर्सनललाई सिटीले तीन खेलबीच नै भेटाएको हो।

यसबीच आर्सनलले एभर्टनसँग हार बेहोरेको छ भने ब्रेन्टफर्डसँग बराबरी खेलेको छ। त्यस्तै, गएराति हार बेहोरेपछि उसले सबैआठ अंकको अग्रता गुमाएको हो। यता सिटीले त्यो अवधिका खेलमा जित निकालिरहेको छ।

गएराति आर्सनललाई हराउने क्रममा सिटीका केभिन डिब्रुएना, ज्याक ग्रिलिस र इर्लिङ हाल्यान्डले गोल गरेका थिए। खेलको ४२ औं मिनेटमा आर्सनलका बुकायो साकाले गोल फर्काएर पहिलो हाफमा १ –१ को बराबरी गरे पनि दोस्रो हाफमा दुई गोल थपेर सिटीले जित निकालेको हो।

शीर्ष दुई स्थानमा समन अंक भए पनि सिटीले २३ खेल खेलेको छ भने आर्सनलले एक खेल कमै खेलेको छ। यता, सिटी हेट टू हेडको आधारमा शीर्षस्थानमा उक्लिएको हो।

Laxmi sunrise bank

प्रकाशित: Feb 16, 2023| 07:32 बिहीबार, फागुन ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।