बुधबार, कात्तिक ५, २०८२

सावित्राको दोहोरो गोलमा नेपालले भातरविरुद्ध गर्‍यो कमब्याक

भारतविरुद्धको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले घरेलु टिम भारतलाई २–२ को बराबरीमा रोकेको छ।
 |  बिहीबार, फागुन ४, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ४, २०७९

काठमाडौं– भारतविरुद्धको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले घरेलु टिम भारतलाई २–२ को बराबरीमा रोकेको छ। भारतको चन्नईमा जारी मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय टिमले भारतलाई अन्तिम समयमा दुई गोल फर्काउँदै बराबरीमा रोक्न सफल भएको हो।

Kumaribank

नेपालका लागि दुवै गोल सावित्रा भण्डारीले गरिन्। खेलको पहिलो हाफ गोलरहित बराबरी भएपछि सबै गोल दोस्रो हाफमा नै सम्भव भएका थिए। खेलको ५६औं मिनेटमा सौम्याले गोल गरेकी थिइन्।

त्यस्तै, इन्दुमतिले नेपाली कमजोर डिफेन्सको फाइदा उठाउँदै ६८औं मिनेटमा गोल गरेकी थिइन्। यससँगै नेपाल दुई गोलले पछि परेको थियो।

तर खेलको ९०औं मिनेटमा सावित्रा भण्डारीबाट गोल बचाउने क्रममा भारतीय डिफेन्डरले ह्यान्ड बल गर्न पुग्दा नेपालले पेनाल्टीको अवसर पाएको थियो। सो अवसरको सदुपयोग गर्दै सावित्राले पहिलो गोल गरेकी थिइन्।

त्यसको दुई मिनेटमा भारतको डिफेन्सले पनि गल्ती गर्न पुग्यो। र, सावित्राले सजिलै दोस्रो गोल फर्काइन्। यससँगै नेपालले बराबरी खेलेको हो। खेलपछि भारतीय फुटबल संघसँगको कुराकानीमा प्रशिक्षक थोमस डेनेब्रीले आफ्नो खेलाडीमा अनुशासनको कमी भएको बताएका छन्।

Metro Mart

‘जसरी हामी दुई गोलको लिडमा थियौँ। त्यो अवस्थामा कसरी खेल्ने भन्ने कुरा जान्नु पर्दछ। हाम्रा डिफेन्समा अनुशासनको कमी देखियो। अनुशासन नहुने हो भने ठूलो टिमविरुद्ध खेल्न झनै गाह्रो हुनेछ,’ उनले भने, ‘दुई गोलले अघि रहेपछि हामी स्लो खेल्न थाल्यौँ मैले त नेपालको डिफेन्डरलाई दबाब बनाएर खेल भन्ने सन्देश दिइरहेको थिएँ।’

प्रकाशित: Feb 16, 2023| 07:25 बिहीबार, फागुन ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।