काठमाडौं- ट्रिटन इन्टरनेशनल कलेजको आयोजनामा मंगलबारदेखि तीन दिने सोसियल वर्क मेला शुरु भएको छ।
मेलाको प्रमुख अतिथि प्रदेश नम्बर तीनका प्रमुख तथा माइती नेपालका संस्थापक अध्यक्ष अनुराधा कोइराला रहेकी छिन् । कोइरालाले बुधबार विशेष समारोहबीच मेलाको औपचारिक उद्घाटन गर्ने कार्यक्रम छ। राजधानीमा रहेका विभिन्न कलेजमा सोसियल वर्क अध्ययन गर्ने विद्यार्थीको सहभागिता रहेको उक्त मेलामा विभिन्न सामाजिक संस्थाहरुको जानकारीमूलक स्टल रहेको छ।
मेलामा पाँच सयभन्दा बढीको सहभागिता हुने अनुमान गरिएको छ। कार्यक्रम संयोजक पदम अवस्थीले मेलामा विद्यार्थीको सहभागिता उत्साहजनक रहेको जानकारी दिए।बलात्कारको सिकार भएका महिलाहरुको शसक्तिकरणका लागि सहयोग गर्ने उद्देश्यले आयोजना गरिएको मेलामा वर्कसप, नाटक, गीत, फुड स्टल र लगायतका अन्य रचनात्मक कार्यक्रमहरु समावेश गरिएका छन्।
बलात्कृत भएका महिलाहरुको न्यायका लागि बलुन उडाउने कार्यक्रम छ। त्यसैगरी एडमिन तथा प्रशासन प्रमुख रितु न्यौपानेले सामाजिक क्षेत्रमा योगदान पुराउने उद्देश्यले यस्तो कार्यक्रम गरेको बताइन्।
सोसियल वर्क पढेका विद्यार्थीहरुलाई समाजिक समस्या र मुद्दाहरुमा थप प्रभावकारी रुपमा अध्ययन तथा अनुसन्धान गर्न यस्तो मेलाबाट सहयोग पुग्ने कलेजका प्रिन्सिपल प्रा डा बिहारी विनोद पोखरेलले बताए।




प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४