बुधबार, मंसिर १२, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

आईसीसी विश्वकप लिग २ मा स्कटल्यान्डको सहज जित

नेपालसँगै नामिबिया स्कटल्यान्ड सम्मिलित त्रिकोणात्मक शृंखलामा नामिबियालाई स्कटल्यान्डले १० विकेटले हराएको हो।
 |  बुधबार, फागुन ३, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ३, २०७९

काठमाडौं- आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिवी क्रिकेट मैदानमा भर्खरै सकिएको खेलमा स्कटल्यान्डले नामिबियाविरुद्ध सहज जित निकालेको छ। नेपालसँगै नामिबिया स्कटल्यान्ड सम्मिलित त्रिकोणात्मक शृंखलामा नामिबियालाई स्कटल्यान्डले १० विकेटले हराएको हो। खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नामिबियाले ३९ ओभर दुई बलमा सबै विकेट गुमाएर १५३ रन बनाएको थियो। यससँगै स्कटल्यान्डले १५४ रनको मध्यम लक्ष्य पाएको थियो।

triton college

जवाफमा स्कटल्यान्डले कुनै विकेट नगुमाईकनै १६७ बल बँचाएर जित निकालेको हो। खेलको पहिलो पारीमा नामिबियाका लागि ओपनर लो आन्द्रे लोन्सले ८८ बलमा ५४ रन बनाएका थिए। बाँकी खेलाडीले राम्रो प्रदर्शन गर्न नसके पनि बर्नान्ड स्कल्जले ३० रन र जेनले २५ रन बनाएका हुन्।

त्यस्तै, निकै पेचिलो बलिङ गरेको स्कटल्यान्डका माइकल लिकले चार विकेट गिराए भने साफयन शरिफ र मार्क वाटले समान ३–३ विकेट गिराएका छन्। दोस्रो पारीमा नामिबियका कुनै खेलाडीले विकेट लिन सकेनन्। १५४ रनको लक्ष्य पाए पनि स्कटल्यान्डका जर्ज मुन्सेले शतक बनाएका छन्।

साथै उनी शतक हान्ने जारी लिगको तेस्रो खेलाडी बनेका छन्। लिगअन्तर्गत यसअघिको खेलमा नामिबियका माइकलले शतक बनाएका थिए भने नेपालका कुशल भुर्तेलले पनि शतक प्रहार गरिसकेका छन्। त्यस्तै, आजको खेलमा मुन्सले ६१ बलमा नै शतक प्रहार गरेका हुन्।

उनले सात छक्का र १२ चौकका साथ शतक बनाएका हुन्। ओपनिङमा मैदान पसेका उनले सकोली कोइटुजरसँग १५४ रनको साझेदारी गरेका छन्। त्यस क्रममा नै उनले शतक प्रहार गरे। त्यस्तै उनको ओपनिङ जोडी कोली कोएट्जरले पनि ४६ रन बनाएका छन्। उनले ७२ बलमा ४६ रन बनाएका हुन्। उनले त्यस क्रममा सात चौका प्रहार गरेका थिए।

Metro Mart
vianet

यो जितसँगै स्कटल्यान्डले ४६ अंक बनाएको छ। यो जितसँगै ऊ लिग २ को उपाधिभन्दा दुई अंकले मात्र पछि रहेको छ। अब उसले एक जित निकालेमा उपाधि जित्नेछ। स्कटल्यान्डले ओमनलाई जितिसकेको छ भने तेस्रो स्थानको नामिबियाले भने उसलाई भेट्टाउन सक्ने समीकरण अझै बाँकी रहेको छ। अरु टिमले भने उसलाई भेट्न सक्ने छैनन्।

प्रकाशित: Feb 15, 2023| 15:04 बुधबार, फागुन ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।