काठमाडौं– बडा दशैँको अवसरमा मोबाइल एप रिचार्जरले मोबाइल किन्दा खसी उपहार योजना शुरु गरेको छ । रिचार्जरको एपमार्फत मोबाईल खरिद गर्ने ग्राहकलाई दशैँमा खसी उपहार दिने भएको हो ।
‘दशैँको खसी घरमै बसी–बसी’ योजना मंगलबार(आज)देखि लागू भएको कम्पनीले जनाएको छ । कम्पनीकाअनुसार योजनामा असोज १६ देखि २९ गतेसम्म लागू हुनेछ ।
सो अवधिमा एपमार्फत मोबाइल खरिद गर्ने ग्राहकलाई ग्रोलाप्रथामार्फत खसी उपहार प्रदान गरिने रिचार्जरका प्रमुख कार्यकारी अधिकृत निराजन सिंहले जानकारी दिए ।
योजनाअन्तर्गत सिमित ब्राण्डका मोबाईल फोनहरुमा योजना लागू हुनेछ । खसी विजेताको घोषणा असोज २९ गते मोबाइल एप रिचार्जरको आधिकारिक फेसबुक पेजमार्फत लाइभ घोषणा गरिने जनाइएको छ ।
रिचार्जर एपमार्फत जुनसुकै सामान अर्डर गर्दा काठमाडौँ उपत्यकाको चक्रपथ भित्र तीन घण्टाभित्र डेलिभरी गर्ने बताइएको छ । सामान डेलिभरी गर्दा केही अतिरिक्त शुल्क लाग्नेछ । रिचार्जर एपमार्फत अर्डर गरिएका जुनसुकै सामान २४ घण्टाभित्र ग्राहकलाई उपलब्ध गराउने कम्पनीको दाबी छ ।
कम्पनीकाअनुसार २४ घण्टाभित्र सामान डेलेभरी गर्दा भने कुनै अतिरिक्त शुल्क लाग्ने छैन ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४