मंगलबार, भदौ १६, २०८३

नेपाली महिला टिमले आज भारतसँग मैत्रीपूर्ण खेल्दै

नेपाली राष्ट्रिय महिला फुटबल टिमले आज भारतसँग पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ। ओलम्पिक छनोटको तयारी गरिरहेको भारतले नेपालसँग मैत्रीपूर्ण खेल्न लागेको हो।
 |  बुधबार, फागुन ३, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ३, २०७९

काठमाडौं- नेपाली राष्ट्रिय महिला फुटबल टिमले आज भारतसँग पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ। ओलम्पिक छनोटको तयारी गरिरहेको भारतले नेपालसँग मैत्रीपूर्ण खेल्न लागेको हो।

अघिल्लो साफमा झैं नेपाली टिमले अहिले गोलकिपर एन्जिलालाई कप्तान बनाएको छ। एन्जिला नेपाली टिमको पहिलो रोजाईकी गोलकिपरसमेत हुन्।

त्यस्तै साफमा जस्तै नेपाली टिमले भारतलाई हराउने सोच बनाएको छ। त्यो सेमीफाइनल खेलम नेपालले भारतलाई १–० ले हराएको थियो। भारत नेपाली टिमलाई हराएर ओलम्पिक छनोटका लागि आफ्नो खेलाडीमा गुमेको आत्मविश्वास फर्काउन चहान्छ।

आज नेपाल र भारतको खेलमा चेन्नईको जवाहरलाल नेहहरु रंगशालामा साँझ पौने ८ बजेबाट सुरु हुनेछ। नेपाली टिमले काठमाडौंमा नै भएको महिला साफ च्याम्पियनसिपपछि कुनै खेले खेलेको थिएन। अहिले यो मैत्रीपूर्ण खेल्न लागेको हो।

त्यो खेलमा नेपाली टिमका फरवार्ड सावित्रा भण्डारी खेल्नका लागि फिट थिइनन् भने डिमफिल्डर रेनुका नगरकोटी र पुजा राना पनि घाइते थिए। अहिले ती खेलाडी मैदान फर्किसकेका छन्।

यसले गर्दा प्रतिस्पर्धाको स्तर बढ्ने कप्तान एन्जिलाले बताएकी छन्।

प्रकाशित: Feb 15, 2023| 09:55 बुधबार, फागुन ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।