बुधबार, मंसिर १२, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

नेपाली खेलाडीको प्रदर्शन उत्कृष्ट सिरिजको संकेत

काठमाडौंमा मंगलबार सुरु भएको त्रिकोणात्मक सिरिजमा नेपाली खेलाडीको प्रदर्शन उत्कृष्ट क्रिकेट सिरिजको संकेत गरिरहेको छ।
 |  मंगलबार, फागुन २, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २, २०७९

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिमले आज कीर्तिपुर मैदानमा सबैभन्दा ठूलो लक्ष्य पछ्याउने रेकर्ड बनायो। साथै कप्तान रोहित पौडेल र कुशल भुर्तेलले पनि एक दिवसीय क्रिकेटमा सबैभन्दा ठूलो साझेदारी गरेका छन्।

triton college

त्यस्तै, नामिबियाविरुद्ध २८६ रनको लक्ष्य पछ्याउने क्रममा, रोहित नेपाली क्रिकेटमा पहिलो पटक हजार रन पुरा गर्ने क्रिकेटर बनेका छन्। ‘ठूलो लक्ष्य चेज गर्न  पाउँदा खुसी छौं। मैले पनि व्यक्तिगत १००० रन बनाएँ। यो रेकर्डलाई लिएर खुसी छु। यसलाई प्रतियोगिता भर कायम राख्ने कोसिस गर्नेछौं। खुसी मात्र होइन यो गर्वको कुरा हो,’ खेलपछिको पत्रकार सम्मेलनमा रोहितले भनेका छन्।

यता कुशलले आज एक दिवसीय क्रिकेटमा पहिलो शतक हानेका छन्। उनले खेलमा ११५ रन बनाए। ‘मेरो प्रदर्शन भएकोमा खुसी छु। आफ्नो भन्दा पनि टिमले राम्रो गरेको छ। मेरो रोल चाहिँ ओपनर थियो। मलाई ओपनिङ गर्दा नै खुसी लाग्छ, सजिलो लाग्छ। तर आफैंले टिमलाई लिएर फिनिस गराउने भन्ने थियो त्यो चाहिँ भएन तर पनि खुसी नै छु,’ कुशलले खेलपछि भनेका छन्।

काठमाडौंमा मंगलबार सुरु भएको त्रिकोणात्मक सिरिजमा नेपाली खेलाडीको प्रदर्शन उत्कृष्ट क्रिकेट सिरिजको संकेत गरिरहेको छ। सिरिजलाई लिएर रोहित पौडेल भन्छन्, ‘सिरिज महत्त्वपूर्ण थियो। आजै इतिहास बन्यो। पहिलो पटक यति ठूलो लक्ष्य पछ्याउन सकिएको छ। यो जितसँगै अब हामीले मोमेन्टम क्यारी गर्नु पर्छ। यो जित हाम्रो लागि बुस्टर हो।’

खेलको पहिलो पारीमा नेपालविरुद्ध नामिबियाले २८५ रन बनाएको थियो। अन्तर्राष्ट्रिय एक दिवसीयमा नेपालविरुद्ध बनेको यो निकै ठूलो रन पनि थियो। त्यसपछिको इनिङ ब्रेकमा प्रशिक्षक मोन्टी देसाईले दबाब नलिईकन खेल्न खेलाडीलाई सम्झाएका थिए। उनले दोस्रो इनिङमा विकेट राम्रो हुन्छ भनेर खेलाडीलाई हौसला दिएका थिए।

Metro Mart
vianet

खेलाडीलाई पनि थाहा थियो यो पिचमा धेरै रन बन्न सक्छ। किनभने एक पटक घरेलु प्रतियोगितामा त्यो भइसकेको छ। एक पटक आर्मी र पुलिसको खेलमा पनि ३०५ रन चेज भएको थियो। त्यो अनुभव भोगेका नेपाली क्रिकेटरलाई लाग्यो, ‘यो मैदानमा २८६ रन लक्ष्य पुरा गर्न सकिने छ।’

मोन्टीले सम्झाएको कुराबारे रोहितले भनेका छन्, ‘सरले ब्याटिङमा हामीलाई फ्री भएर खेल्न भन्नु भएको थियो। उहाँले चेज गर्न सकिन्छ भन्नु भएको थियो। अनि लिग २ मा नामिबियालाई पहिलो पटक हराएको हो।’

रोहितले आउँदो दिनमा व्यक्तिगत पनि धेरै रन बनाउने लक्ष्य बनाएको जनाउन दिएका छन्। उनले जीवनमा यति रन हान्नेछु भनेर लक्ष्य पनि बनाएका छन्। तर त्यो कुरा भने खुलाएनन्। 


उनले आज कुशलसँग १३३ रनको साझेदारी गर्दा स्पिनर आएपछि सजिलो फिल भएको बताएका छन्। उनले बलहरुको ब्रेकमा कति बेला रिस्क लिने कति बेला चुनौती लिने भन्ने बारेमा गफ गरिरहेको पनि बताएका थिए। उनले कुशलको खेलप्रतिको लगावको पनि प्रशंसा गरेका छन्। उनले भने, ‘उसको खेल सेन्सेबल भएको छ। उसले चार पाँच वर्षदेखि जुन हिसाबले मेहनत गरिरहेको छ त्यसको नतिजा हो।’ तर आजको खेलमा केही नराम्रो पक्ष भनेको नेपालले दुई क्याच मिस गर्‍यो। दुवै तर्फ क्याच मिस भएको थियो।

समग्रमा आजको जितले स्कटल्यान्डको खेलका लागि पनि आत्मविश्वास बढेको रोहित बताउँछन्। ‘खेल एक एक गरेर खेल्ने हो। मूख्य कुरा त टप फोरमा आज एक जनाले राम्रो गर्नु पर्छ भन्ने थियो। आज करण केसीले पाँच विकेट लिएका छन्। उनले ब्याटबाट फिनिसिङ पनि राम्रो गरे। फेब्रुअरी १४ मा करणले जहिल्यै राम्रो गर्ने गरेका छन्। यो दिन हामीलाई लक लाग्छ भन्ने पनि लागेको,’ रोहितले भने।

आजको खेलले कुशल निकै मख्ख छन्। उनी टिममा पनि सबै कुरा राम्रो चलिरहेको बताउँछन्। भन्छन्, ‘प्रशिक्षक आएपछि सबै पोजेटिभ रहेका छन्। सन्दीपलाई पनि सपोर्ट गरिरहेको हो। खेल हारे पनि जिते पनि मोटिभेसन गरिरहनु भएको छ।’

डेभ वाटमोर आएपछि कुशलको प्रदर्शन निकै राम्रो बनेको थियो। तर विदेशका कुनै पनि सिरिजमा उनले राम्रो गर्न सकेनन्। तर उनी आफ्नो क्षमतामा विश्वास राखेको बताउँछन्। ‘मेरो बीचमा प्रदर्शन भएको थिएन। मेरो पछि हार्डवर्क छ भन्ने लागेको थियो,’ उनले भने।

खेलपछि प्रतिक्रिया दिँदै नाम बियाका कप्तान इरसमसले नेपालको ठूलो क्राउडमा  खेल्न पाउँदा खुसी र नरभस भएको बताएका छन्। पहिलो खेलमा उसले तीन विकेटको हार बेहोरे पनि उनले नेपाली खेलाडीको शतक(कुशल भुर्तेल), समर्थकबारे आफू खुसी रहेको बताए।

‘आ राम्रो खेल भयो। क्राउड धेरै भएको ठाउँमा खेल्न रमाइलो भयो। नेपालका खेलाडीको शतक राम्रो थियो,’ उनले भने, ‘हामीले पहिलो पटक हारेको हो। यो मैदान निकै राम्रो भए पनि हारे भयो। हामीले राम्रो नतिजाको लागि धेरै प्रयास गरेको हो। तर सकिएन। मैले धेरै तर लिगमा गाह्रो महसुस गरेको छैन।’

इरसमसले नेपाली खेलाडीहरु घरेलु मैदानमा अनुभव गरिरहेको देखेको पनि बताएका छन्। ‘लो बाउन्समा उनीहरुले मजाले खेले। पहिलो इनिङपछि हामीले ठूलो टोटल सोचेका थियौँ। टफ खेल थियो। तर उनीहरुको ठूलो पार्टनरसिप भयो र जित निकाले,’ इरसमसले भने।

उनले नेपालको क्राउड देखेर क्रिजमा हुँदा नरभस भएको जनाएका छन्। ‘धेरै समर्थकसँग राम्रो बल खेल्नु रमाइलो लाग्छ। तर म बीचमा समर्थक देखेर नरभस पनि भएको थिएँ। नेपाली टिमसँगै हाम्रोमा पनि क्वालिटी खेल भएका खेलाडी छन्,’ उनले भने, ‘नामिबियाको डेबिड इन्ज्युर हुनुले पनि हामीलाई गाह्रो भयो।’

प्रकाशित: Feb 14, 2023| 19:45 मंगलबार, फागुन २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।