बुधबार, मंसिर १२, २०८१
  • गृहपृष्ठ
  • खेलकुद
  • नेपाली क्रिकेटमा मोन्टीको सुखद आगमनः कुशलको शतक र दुई ठूला कीर्तिमान

Siddartha premir insuranceSiddartha premir insurance

नेपाली क्रिकेटमा मोन्टीको सुखद आगमनः कुशलको शतक र दुई ठूला कीर्तिमान

यसअघि नेपाली टिमको ब्याटिङ कन्सलट्यान्टसमेत रहेका मोन्टीले जवाफी ब्याटिङको ओपनिङमा कुशल भुर्तेल र आशिफ शेखलाई पठाएका थिए।
 |  मंगलबार, फागुन २, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २, २०७९

काठमाडौं– ‘ह्याप्पी ड्रेसिङ रुम’ बनाउने लक्ष्यसाथ नेपाल फर्किएका भारतीय प्रशिक्षक मोन्टी देसाईको प्रशिक्षण नेपाली क्रिकेटमा सुखद् खेलका साथ सुरु भएको छ। मंगलबार त्रिवि क्रिकेट मैदानमा आईसीसी लिग २ अन्तर्गको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले नामिबियालाई तीन विकेटले हराएसँगै मोन्टीको सुरुआत सुखद् भएको हो।

triton college

यसअघि नेपाली टिमको ब्याटिङ कन्सलट्यान्टसमेत रहेका मोन्टीले जवाफी ब्याटिङको ओपनिङमा कुशल भुर्तेल र आशिफ शेखलाई पठाएका थिए। तर २८६ रनको लक्ष्य पाएको नेपालका लागि कुनै रन बनाउन नपाउँदै आशिफ आउट भए। उनले पाँच बल खेले पनि रन जोड्न सकेनन्। त्यति मात्र होइन पहिलो दुई ओभर सकिँदा नेपाली ब्याट्समेनले रन बनाउन सकेका थिएनन्। तेस्रो ओभर सुरु भएपछि मात्र कुशलले पहिलो रन जोडेका थिए।

ओपनिङ जोडीले राम्रो प्रदर्शन गर्न नसके पनि कुशलले सतकीय इनिङ खेले। कुशलको सानदार प्रदर्शनमा नेपालले १४ बल बाँकी रहँदै आठ विकेट गुमाएर १८७ रन बनाउँदै लक्ष्य पूरा गरेको हो।

ओपनिङबाट अन्तिम ओभरसम्म टिकेका कुशलले ११३ बलमा १४ बाउन्ड्रीका साथ ११५ रन बनाएका थिए। उनले अघि नै ९९ बल खेल्दै सय रन पूरा गरेका थिए। सतक बनाउँदासम्म कुशलले ९ चौका र ४ छक्का प्रहार गरेका थिए। एक दिवसीय क्रिकेटमा यो उनको पहिलो सतक समेत हो। यसअघि उनले सबैभन्दा धेरै ८४ रन बनाएका थिए।

त्यस्तै कुशलले कप्तान रोहित कुमार पौडेलसँग १३३ रनको कीर्तिमानी साझेदारीसमेत गरिसकेका छन्। साझेदारी गर्ने क्रममा कप्तान रोहितले ७२ रन बनाएका थिए। रोहितले सात चौका र तीन छक्काका साथ सो रन बनाएका हुन्। यसअघि दिपेन्द्र सिंह ऐरी र देव खनालको १२९ रनको साझेदारीलाई पछि पार्दै उनीहरुले नयाँ साझेदारी कायम गरेका हुन्।

Metro Mart
vianet

नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देसाई पशुपतिनाथमा
५३ रनबाट साझेदारी सुरु गरेका कुशल र रोहितले अहिले अविजित रहँदै १८६ रन पुर्याएका थिए। यो उनीहरुको राष्ट्रिय कीर्तिमान बनेको छ। त्यस्तै, नेपालले २८६ रनको लक्ष्य पूरा गरेर एक दिवसीय क्रिकेटमा सबैभन्दा ठूलो लक्ष्य पूरा गरेको कीर्तिमानसमेत बनाएको छ। यसअघि नेपालले सन् २०१९ जनवरी २८ मा यूएईविरुद्ध २५५ रनको लक्ष्य पूरा गरेको थियो। यसअघि नेपालले भेट्टाएको त्यो नै सबैभन्दा ठूलो लक्ष्य थियो। तर आजको खेलमा नेपालले अहिलेसम्मकै ठूलो लक्ष्य भेट्टाएको रेकर्ड बनाएको छ।

त्यस्तै, यो रन अहिलेसम्म नेपालले बनाएको सबैभन्दा उच्च रन पनि हो। यसअघि पनि नेपालले पिएनजीविरुद्ध सबैभन्दा धेरै २८६ रन बनाएको थियो। आजको खेलमा पनि नेपालले त्यो रेकर्ड भेट्टाएको छ। मैदानमा आफ्नो उत्कृष्ट प्रदर्शन गर्दै ५० बलमा ५१ रन बनाएका कप्तान रोहित कुमार पौडेल ७२ रनमा आउट भएका थिए। नेपालका ओपनर आशिफ शेख पावर प्लेमा शून्य रनमै आउट भएका थिए भने ज्ञानेन्द्र मल्ल २५ रन बनाएर आउट भएका थिए। ज्ञानेन्द्रले ३५ बलमा चार चौकाका साथ सो रन जोडेका थिए। त्यस्तै, नेपालका लागि सन्दीप जोराले २८ रन बनाए भने करण केसीले अविजित २० रन बनाएका थिए।

नामिबियाका लागि रुविन ट्रुम्पेलमनले उत्कृष्ट बलिङ गर्दै १० ओभरमा ४८ रन खर्चिएर तीन विकेट लिए। त्यस्तै जान निकोलले पनि तीन विकेट गिराएका थिए। बर्नार्ड स्कल्ज र तेन्गेनी लुन्गामेनीले समान १,१ विकेट गिराए।

पहिलो पारीमा माइकलको सतक

पहिलो पारीमा नेपालले जितका लागि २८६ रनको लक्ष्य पाएको थियो। विहान ९ बजे सुरु भएको आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत नेपाल नामिबिया र स्कटल्यान्ड सम्मिलित त्रिकोणात्मक शृंखलाको पहिलो खेलमा नेपालले जितका लागि २८६ रनको लक्ष्य पाएको हो।

टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले पूरा ओभर खेल्दै सम्पूर्ण विकेट गुमाएर २८५ रन बनाएको हो। बलिङका क्रममा १० ओभर बलिङ गर्दै पाँच विकेट लिएर ६१ रन खर्चिएका करण केसीले बेस्ट फिगर बलिङ गरेका थिए। यद्यपि नेपाली बलरविरुद्ध खुलेर खेलेको नामिबियाका माइकल भान लिंगेनले सतक नै प्रहार गर्न सफल भए।

नेपालले निकै सानदार सुरुआत गरे पनि मध्यक्रममा एकै स्तरको बलिङ गर्न सकेन। पावरप्लेमा नामिबियाले १६ रन मात्र बनाउँदा त्यसक्रममा नेपालले एक विकेटसमेत गिराइसकेको थियो। १० ओभर दुई बलमै नेपालले दोस्रो विकेको सफालता पाइसकेको थियो। तर तेस्रो ब्याटरका रुपमा मैदान पसेका माइकललाई नेपाली बलरले लामो समय आउट गराउनै सकेनन्। त्यसको फाइदा उठाउँदै त्रिवि क्रिकेट मैदानमा माइकल शतक बनाउने पहिलो खेलाडी बने। उनले नेपालविरुद्ध ११६ बलमा शतक पूरा गरेका हुन्। चार छक्का र छ चौकाका साथ अर्धसतक (५० रन) बनाएका उनी १३३ रन बनाएर आउट भए। अन्तिमसम्ममा १३७ बल खेलेका उनले १४ बाउन्ड्री प्रहार गरेका थिए।

माइकलको विस्फोटक ब्याटिङ सुरु नहुँदै नामिबियाका दुवै ओपनर आउट भइसकेका थिए। त्यस्तै, चौथो नम्बरमा आएका गेरहर्ड र पाँचौं नम्बरमा मैदान पसेका जान निकोलो पनि आउट भइसकेका छन्। नेपालका लागि सोमपाल कामीले खेलको दोस्रो ओभरको पाँचौं बलमा नामिबियाका ओपनर लो हान्द्रे लोउरेन्सलाई आउट गराएका थिए। लोउरेन्स एक छक्काका साथ पाँच रन बनाएर आउट भएका छन्। उनी आउट हुँदा नामिबियाको हातमा १० रन मात्र थियो।

त्यस्तै, सन्दीप लामिछानेले कार्ल बिकेन्स्टोकलाई १३ रनमा आउट गराएका थिए। त्यसपहिले नेपालका लागि सोमपाल कामीले १ विकेट लिएका थिए। पछि सन्दीपले कुशल मल्लको हातबाट पिक्कइ यार प्रान्सलाई आउट गराएका थिए। नेपालका लागि कुशल मल्लले पनि आज विकेट लिएका छन्। उनले चौथो नम्बरमा मैदानमा आएका गेरहर्ड इरसमसलाई आउट गराउँदै खेलमा व्यक्तिगत पहिलो र नेपालको लागि तेस्रो विकेट लिएका थिए।

कुशलले ३७ औं ओभरको पहिलो बलमा कप्तान इरसमसलाई आउट गराएका हुन्। इरसमसले ७९ बलमा दुई चौका र तीन छक्काका साथ ५६ रन बनाएका थिए। उनी नामिबियाका लागि अर्धसतक बनाउने पहिलो (जारी  सिरिजमा) खेलाडी बनेका छन्।

४५ औं ओभरको पहिलो बलमा करणले नामिबियाका जान प्रेलिन्सकलाई बोल्ड आउट गराएका थिए। उनले पछि जेन ग्रिन,  बर्नान्ड स्कल्ज (पहिलो बलमै) र सतक बनाएका माइकललाई आउट गराएर पाँच विकेट गिराए। यससँगै उनले नेपालका लागि बेस्ट फिगर बलिङ प्रदर्शन गरे। उनले आउट गराएका फ्रेलिन्सकले १० बलमा १३ रन बनाएका थिए। सन्दीपले पनि तीन विकेट लिएका छन्।

नेपालविरुद्ध नामिबियाका ज्यान ग्रिनले ३४ रन बनाएका थिए। आजको खेलको इनिङ ब्रेकको समयमा ठूलो संख्यामा समर्थकहरु गेट तोडेरभित्र पसेका थिए। लिगको पहिलो खेल हेर्नका लागि ठूलो संख्यामा दर्शकको उपस्थिति रहेको थियो। त्यसैक्रममा केहि दर्शक पश्चिमतर्फको दर्शक पस्ने गेटलाई धकेलेर प्यारापिटमा पुगेका थिए।

प्रकाशित: Feb 14, 2023| 17:08 मंगलबार, फागुन २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।