काठमाडौं – यसअघि नेपाली टिमको ब्याटिङ कन्सलट्यान्टसमेत रहेका मोन्टी देशाई र कप्तान रोहित पौडेलले नामिबियाविरुद्ध जवाफी ब्याटिङको ओपनिङमा कुशल भुर्तेल र आशिफ शेखलाई पठाएका छन्।
त्रिवी क्रिकेट मैदानमा जारी स्कटल्यान्डसमेत समावेश भएको सिरिजअन्तर्गत आज जारी नेपाल र नामिबियाको खेलमा नेपालले १८६ रनको लक्ष्य पाएको छ।
लक्ष्य पछ्याउनका लागि नेपालका कुशल भुर्तेल र आसिफ शेख ओपनिङमा आएका छन्। यसअघि त्रिवै क्रिकेट मैदानमै भएको टी २० को एक प्रतियोगितामा यो ओपनिङ जोडिले निकै उत्कृष्ट प्रदर्शन गरेको थियो।
आजको खेलमा पनि यि जोडीले राम्रो प्रदर्शन गर्ने आशा गरिएको छ। त्रिवी क्रिकेट मैदानमा नेपाले निकै ठूलो रनको लक्ष्य पाएको छ।