बुधबार, मंसिर १२, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

नामिबियालाई हराउन नेपालले २८६ रन बनाउनु पर्ने

त्रिवी क्रिकेट मैदानमा भइरहेको नामिबियाविरुद्धको खेलमा नेपालले जितका लागि २८६ रनको लक्ष्य पाएको छ।
 |  मंगलबार, फागुन २, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २, २०७९

काठमाडौं- त्रिवी क्रिकेट मैदानमा भइरहेको नामिबियाविरुद्धको खेलमा नेपालले जितका लागि २८६ रनको लक्ष्य पाएको छ। बिहान ९ बजे सुरु भएको आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत नेपाल नामिबिया र स्कटल्यान्ड सम्मिलित त्रिकोणात्मक शृंखलाको पहिलो खेलमा नेपालले जितका लागि २८६ रनको लक्ष्य पाएको हो।

triton college

टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले पुरा ओभर खेल्दै सम्पूर्ण विकेट गुमाएर २८५ रन बनाएको छ। बलिङका क्रममा १० ओभर बलिङ गर्दै पाँच विकेट लिएर ६१ रन खर्चिएका करण केसीले बेस्ट फिगर बलिङ गरेका छन्। यद्यपी नेपाली बलरविरुद्ध खुलेर खेलेको नामिबियाका माइकल भान लिंगेनले सतक नै प्रहार गर्न सफल भएका छन्।

नेपालले निकै सानदार सुरुआत गरे पनि मध्यक्रममा एकै स्तरको बलिङ गर्न सकेन्। पावरप्लेमा नामिबियाले १६ रन मात्र बनाउन सकेको थियो। त्यसक्रममा नेपालले एक विकेट गिराइसकेको थियो। १० ओभर दुई बलमा नेपालले दोस्रो विकेट लिइसकेको थियो। तर तेस्रो ब्यटरका रुपमामा मैदान पसेका माइकललाई नेपाली बलरले लामो समय आउट गराउनै सकेनन्। त्रिवी क्रिकेट मैदानमा माइकल शतक बनाउने पहिलो खेलाडी बने। उनले नेपालविरुद्ध ११६ बलमा शतक पुरा गरेका हुन्। चार छक्का र छ चौकाका साथ अर्धसतक बनाएका उनी १३३ रन बनाएर आउट भए। अन्तिमसम्ममा १३७ बल खेलेका उनले १४ बाउन्ड्रि प्रहार गरेका थिए।

माइकलको विश्फोटक ब्याटिङ सुरु नहुँदै नामिबियाका दुवै ओपनर आउट भइसकेका थिए। त्यस्तै, चौथो नम्बरमा आएका गेरहर्ड र पाँचौ नम्बरमा मैदान पसेका जान निकोलो पनि आउट भइसकेका छन्। नेपालका लागि सोमपालले खेलको दोस्रो ओभरको पाँचौ बलमा नामिबियाका ओपनर लो हान्द्रे लोउरेन्सलाई आउट गराएका थिए। लोउरेन्स एक छक्काका साथ पाँच रन बनाएर आउट भएका छन्। उनी आउट हुँदा नामिबियाको हातमा १० रन मात्र थियो।

त्यस्तै, सन्दिप लामिछानेले कार्ल बिकेन्स्टोकलाई १३ रनमा आउट गराएका थिए। त्यसपहिले नेपालका लागि सोमपाल कामीले १ विकेट लिएका थिए। पछि सन्दीपले कुशल मल्लको हातबाट पिक्कइ यार प्रान्सलाई आउट गराएका थिए। नेपालका लागि कुशल मल्लले पनि आज विकेट लिएका छन्। उनले चौथो नम्बरमा मैदानमा आएका गेरहर्ड इरसमसलाई आउट गराउँदै खेलमा व्यक्तिगत पहिलो र नेपालको लागि तेस्रो विकेट लिएका थिए।

Metro Mart
vianet

कुशलले ३७ औं ओभरको पहिलो बलमा कप्तान इरसमसलाई आउट गराएका हुन्। इरसमसले ७९ बलमा दुई चौका र तीन छक्काका साथ ५६ रन बनाएका थिए। उनी नामिबियाका लागि अर्धसतक बनाउने पहिलो(जारी  सिरिजमा) खेलाडी बनेका छन्।

४५ औं ओभरको पहिलो बलमा करणले नामिबियाका जान प्रेलिन्सकलाई बोल्ड आउट गराएका थिए। उनले पछि जेन ग्रिन,  बर्नान्ड स्कल्ज(पहिलो बलमै) र सतक बनाएका माइकललाई आउट गराएर पाँच विकेट गिराए। यससँगै उनले नेपालका लागि बेस्ट फिगर बलिङर्शन गरे। उनले आउट गराएका फ्रेलिन्सकले १० बलमा १३ रन बनाएका थिए। सन्दीपले पनि तीन विकेट लिएका छन्।

नेपालविरुद्ध नामिबियाका ज्यान ग्रिनले ३४ रन बनाएका थिए।

प्रकाशित: Feb 14, 2023| 12:46 मंगलबार, फागुन २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।