बुधबार, कात्तिक ५, २०८२

आईसीसी क्रिकेट विश्वकप लिग २: नामिबियाका माइकलले बनाए शतक

उनले नेपालविरुद्ध ११५ बलमा शतक पूरा गरेका हुन्। उनले चार छक्का र छ चौकाका साथ अर्धशतक बनाएका हुन्।
 |  मंगलबार, फागुन २, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २, २०७९

काठमाडौं– काठमाडौंको त्रिवि क्रिकेट मैदानमा आजबाट सुरु भएको आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको खेलमा नामिबियाका माइकल भान लिंगेन शतक बनाउने पहिलो खेलाडी बनेका छन्। उनले नेपालविरुद्ध ११५ बलमा शतक पूरा गरेका हुन्। उनले चार छक्का र छ चौकाका साथ अर्धशतक बनाएका हुन्।

Kumaribank

यसअघि खेलमा नामिबियाका दुवै ओपनर आउट भइसकेका छन्। त्यस्तै, चौथो नम्बरमा आएका गेरहर्ड र पाँचौं नम्बरमा मैदान पसेका जान निकोलो पनि आउट भइसकेका छन्। नेपालका लागि सोमपालले खेलको दोस्रो ओभरको पाँचौं बलमा नामिबियाका ओपनर लो हान्द्रे लोउरेन्सलाई आउट गराएका थिए। लोउरेन्सले एक छक्काका साथ पाँच रन बनाएर आउट भएका छन्। उनी आउट हुँदा नामिबियाको हातमा १० मात्र रन थियो। अहिले सुरुआति छ ओभर सकिँदा नामिबियाले १६ रन बनाएको छ।

त्यस्तै सन्दीप लामिछानेले कार्ल बिकेन्स्टोकलाई १३ रनमा आउट गराएका थिए। त्यसपहिले नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले समान १–१ विकेट लिएका हुन्। नेपालका लागि कुशल मल्लले आफ्नो पहिलो विकेट लिएका छन्। उनले चौथो नम्बरमा मैदानमा आएका गेरहर्ड इरसमसलाई आउट गराउँदै व्यक्तिगत पहिलो र नेपालको लागि तेस्रो विकेट लिएका थिए।

कुशलले ३७ औं ओभरको पहिलो बलमा कप्तान इरसमसलाई आउट गराएका हुन्। इरसमसले ७९ बलमा दुई चौका र तीन छक्काका साथ ५६ रन बनाएका हुन्। उनी नामिबियाका लागि अर्धसतक बनाउने पहिलो खेलाडी बने। त्यस्तै नेपालका लागि करण केसीले पनि विकेट लिइसकेका छन्।

प्रकाशित: Feb 14, 2023| 11:49 मंगलबार, फागुन २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।