सोमबार, साउन ४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • ग्लोबल आइएमई  र चन्द्रागिरिहिल्सबीच छुटसम्बन्धी सम्झौता

ग्लोबल आइएमई  र चन्द्रागिरिहिल्सबीच छुटसम्बन्धी सम्झौता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- ग्लोबल आइएमई बैंक लिमिटेड र चन्द्रागिरि हिल्स लिमिटेडबीच मंगलबार चन्द्रागिरि केबलकारको टिकट खरिदमा छुट सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ। 

उक्त सम्झौता पत्रमा ग्लोबल आइएमई बैंकका प्रमुखकार्यकारी अधिकृत जनकशर्मा पौड्याल र चन्द्रागिरिहिल्सका महाप्रबन्धक अभिषेक विक्रम शाहले हस्ताक्षर गरेका हुन्। 

उक्त सम्झौतापश्चात ग्लोबल आइएमई बैंकका डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड लिएकाग्राहक महानुभावहरुले चन्द्रागिरिको थानकोट स्थित काउण्टरबाट केबलकारको टिकट खरिद गर्दा २० प्रतिशत छुट पाउनु हुनेछ।
 
काठमाण्डौंको थानकोटमा रहेको पर्यटकिय गन्तव्यको रुपमा रहेको चन्द्रागिरीमादिनप्रतिदिन बढ्दै गएको चापलाई ध्यानमा राख्दै ग्लोबल आइएमई बैंक लि. ले आफ्नाग्राहकमहानुभावहरुलाई सहुलियतदिने उद्देश्यले उक्त सम्झौतामा हस्ताक्षर गरेको हो। 

ग्लोबल आइएमई बैंकले आफ्नाग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्तअन्य सुविधाहरु प्रदानगर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संस्थासँग समन्वय गरी यस्ता विभिन्नखाले योजनाहरु ल्याईरहेको छ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्‍याउने उद्देश्यले १३२ शाखा, १३८ एटिएम,५ एक्सटेन्सन काउण्टर, १५ राजश्व संकलन काउण्टर,१०३ शाखारहित बैंकिङ सेवा र देश बाहिर ३ प्रतिनिधि-सम्पर्क कार्यालयमाफर्त आफ्ना ९ लाखभन्दा बढि ग्राहकहरुमाझसेवाप्रदान गर्दै आइरहेको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्