बुधबार, कात्तिक ५, २०८२

'गाह्रो छ तर भारतविरुद्ध जितको शृंखला कायम राख्छौं'

खेलस्थल प्रस्थान गर्नुअघि उनले भनेकी छन्, ‘साफपछि भारतसँग खेल्न लागेको हो। हाम्रो टिम अहिले अनुभवी छ र उमेर समूह चरणको खेलाडी पनि छन्। यसले सन्तुलित टिम बनाएको छ।’
 |  सोमबार, फागुन १, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १, २०७९

काठमाडौं- नेपाली राष्ट्रिय टिमकी कप्तान तथा तथा मिडफिल्डर रेनुका नगरकोटी घरेलु भूमिमा हुने साफ च्याम्पियनसिपको अभ्यासका क्रममा घाइते भएपछि नेपाली टिम कप्तानविहीन भयो। रेनुकासँगै नेपाली टिमका महत्वपूर्ण तीन खेलाडीले साफका मुख्य प्रतियागितामा प्रदर्शन गर्न पाएनन्।

Kumaribank

त्यसपछि नेपाली टिमको आर्मब्यान्ड सम्हालेकी थिइन् गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बाले। उनको कप्तानीमा नेपालले भारतलाई हराएको थियो। त्यसपछि नेपालले पुनः भारतसँग खेल्न लागेको छ। त्यसको लागि भारत जाने क्रममा एन्जिलाले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, 'अफ टू इन्डिया।'

उनी यसपटकको भारत भ्रमणमा रहँदा गोलकिपर मात्र रहने छैनन्, कप्तानी पनि गरिरहेकी हुने छिन्। एन्फाले खेलाडी बिदाइमा राष्ट्रिय झण्डा ग्रहण गर्दाका बखत उनीसँगै रेनुकाले पनि संयुक्त रुपमा झण्डा लिएकी थिइन्।

खेलस्थल प्रस्थान गर्नुअघि उनले भनेकी छन्, ‘साफपछि भारतसँग खेल्न लागेको हो। हाम्रो टिम अहिले अनुभवी छ र उमेर समूह चरणको खेलाडी पनि छन्। यसले सन्तुलित टिम बनाएको छ।’

भारत र नेपालको हरेक खेल क्षेत्रमा ‘राइभल’ छ। उनले आउँदो मैत्रीपूर्ण खेलमा पनि भारतलाई चुनौतीको रुपमा लिएको बताएकी छन्। ‘अहिले आएर दक्षिण एसियामा बंगलादेश पनि प्रतिस्पर्धी भएको छ। भारतलाई बलियो टिम मान्ने गरेका छौं,’ उनले भनिन्।

Metro Mart

राष्ट्रिय टिमको तयारी ढिलो भए पनि सबै खेलाडीले आ-आफ्नो टिममा अभ्यास गरेर बसेको कारण सबै खेलाडी फर्ममा रहेको एन्जिला बताउँछिन्। ‘सबैमा खेलाडीमा टिम स्पिरिट छ,’ उनले भनिन्, ‘प्रतिस्पर्धी भारतको फिजिकल र ट्याक्टिकल स्टेटस राम्रो छ। हाम्रो टिमले पनि उसँग खेलिसकेको छ। तर पछिल्लो हाम्रो टिम र जुनियरले पनि उनीहरुलाई हराएको छ।’ 

यता, साफमा भारतका केही मुख्य खेलाडी युरोपेली लिग खेलिरहेका थिए। उनीहरु लिग छोडेर साफ खेल्न आएनन्। अहिले ती खेलाडी फर्किएको अवस्था छ। नेपाली टिममा पनि सावित्रा भण्डारी, रेनुका फर्किएका छन्।

यसले प्रतिस्पर्धाको स्थिति केही उच्च बनाउला? एन्जिलाको जवाफ छ, ‘धेरै प्रभाव पर्छ जस्तो लाग्दैन। खेलाडी कमब्याक भयो अब कसरी खेल्छ भन्ने कुरा फिल्डमा देखिने हो।’

प्रकाशित: Feb 13, 2023| 15:32 सोमबार, फागुन १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।