मंगलबार, पुस १, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • महिला टी २० विश्वकपः इन्डियाले पाकिस्तानलाई हरायो, श्रीलंकाको पनि जित

महिला टी २० विश्वकपः इन्डियाले पाकिस्तानलाई हरायो, श्रीलंकाको पनि जित

दक्षिण अफ्रिकाको केप टाउनमा आईसीसी टी २० विश्व्कप अन्तर्गत आइतबार राति सम्पन्न भएको खेलमा इन्डियाको महिला टिमले पाकिस्तानलाई ७ विकेटले हराएको छ। के
 |  सोमबार, फागुन १, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १, २०७९

काठमाडौं- दक्षिण अफ्रिकाको केप टाउनमा आईसीसी टी २० विश्व्कप अन्तर्गत आइतबार राति सम्पन्न भएको खेलमा इन्डियाको महिला टिमले पाकिस्तानलाई ७ विकेटले हराएको छ। केप टाउन रंगशालामा १५० रनको लक्ष्य पाएका इन्डियाले एक ओभर बचाउँदै तीन विकेटको क्षतिमै जित निकालेको हो।

National life

भारतका लागि जेमिनाह रोड्रिग्वेजले आठ चौकका साथ ५३ रनको अर्धसतकीय पारी खेलिन। त्यसक्रममा पाकिस्तानकी नस्रा सन्धुले दुई विकेट लिएकी थिइन्। त्यस्तै, पहिलो पारीमा पाकिस्तानकी कप्तान विश्म मरुफले ६८ रन बनाएकी थिइन्।

यद्यपी पाकिस्तानले चार विकेटको क्षतिमा १४९ रन मात्र बनाउन सकेको थियो। भारतका लागि राधा यादवले दुई विकेट गिराएकी थिइन्।

यता श्रीलंकाले पनि लिग चरणमा दोस्रो जित निकालेको छ। 

श्रीलंकाली ब्याटर हर्शिथा समराविक्रमाले ६५ रनको अर्धसतकिय इनिङ खेल्दै बंगलादेशलाई हराएकी थिइन्। विश्वकपमा लगातार दोस्रो जित निकाल्ने क्रममा श्रीलंकाले बंगलादेशलाई ७ विकेटले हराएको हो।

Laxmi sunrise bank
kumari

बंगलादेशले दिएको १२७ रनको लक्ष्य श्रीलंकाले १८ ओभर दुई बलमै तीन विकेट गुमाएर पुरा गरेको थियो।

प्रकाशित: Feb 13, 2023| 09:05 सोमबार, फागुन १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।