मंगलबार, पुस १, २०८२

प्रिमियर लिगमा सिटी र युनाइटेडको जित

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेडले आइतबार राति जित निकालेका छन्।
 |  सोमबार, फागुन १, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १, २०७९

काठमाडौं- इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी र  म्यानचेस्टर युनाइटेडले आइतबार राति जित निकालेका छन्। आइतबार राति लिड्स युनाइटेडको इलियन रोड रंगशालामा सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले २–० को जित निकालेको हो।

National life

खेलको ६७ प्रतिसत समय बलमा नियन्त्रण बनाए पनि म्यानचेस्टर युनाइटेडले पहिलो हाफमा गोल गर्न सकेको थिएन। खेलको ८०औं मिनेटमा मात्र मार्कस रासफर्डले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए।

यता, पहिलो गोलको पाँच मिनेटमै म्यानेस्टरले अग्रता दोब्बर बनायो। यसपटक अलेजेन्द्रो गर्नाचोले गोल गरेका थिए। खेलमा ३३ प्रतिसत समय बलमा नियन्त्तण लिए पनि लिड्सले १६ पटक विपक्षीको पोस्टतर्फ आक्रमण गरेको थियो।

यता, म्यानचेस्टर सिटीकै रंगशालामा भएको खेलमा चाहिँ घरेलु टिमले एस्टन भिल्लामाथि ३–१ को जित निकालेको छ। यो जितसँगै उसले आर्सनलसँगको अंकदुरी पनि घटाएको छ।

यसअघि आठ अंकको अग्रता बनाइसकेको आर्सनलले पछिल्ला दुई खेलमा जित निकाल्न सकेको छैन। एकमा हार र एकमा बराबरी खेले पनि आर्सनल अहिले ५१ अंकका साथ शीर्षस्थानमा छ। दोस्रो स्थानको सिटीको भने ४८ अंक रहेको छ।

Laxmi sunrise bank
kumari

आर्सनलले पछिल्लो दुई खेलमा चार अंक गुमाएपछि यस्तो भएको हो। गएराति सिटीलाई जित दिलाउनका लागि रोड्री, इल्कए गुन्डोगन र रियाद महरेजले गोल गरेका थिए। भिल्लाले एक गोल फर्काए पनि ऊ सिटीविरुद्ध खेल लयमा भने फर्किन सकेन।

यता, गएराति जित निकालेको म्यानचेस्टर युनाइटेड भने ४६ अंकका साथ तेस्रो स्थानमा छ। लिड्स रेलिगेसन क्षेत्रभन्दा एक स्थानमात्र अघि रहेको छ।

प्रकाशित: Feb 13, 2023| 08:20 सोमबार, फागुन १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।