मंगलबार, पुस १, २०८२

फागुन २० देखि लालझाडी कप फुटबल प्रतियोगिता सुरु हुने

लालझाडी युवा क्लब ११ को आयोजनामा हुने सातौँ लालझाडी कप फुटबल प्रतियोगिताको शनिबार पत्रकार सम्मेलन गरी ट्रफी सार्वजनिक गरिएको हो।
 |  आइतबार, माघ २९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ २९, २०७९

दोधारा चाँदनी- कञ्चनपुरमा आगामी फागुन २० देखि सातौँ संस्करणको लालझाडी कप फुटबल प्रतियोगिताको हुने भएको छ। लालझाडी युवा क्लब ११ को आयोजनामा हुने सातौँ लालझाडी कप फुटबल प्रतियोगिताको शनिबार पत्रकार सम्मेलन गरी ट्रफी सार्वजनिक गरिएको हो।

National life

कोरोना महामारीका कारण दुई वर्ष हुन नसकेको प्रतियोगिता फेरि सुरु हुने भएको क्लबका अध्यक्ष काशीराम बोहराले बताए। ‘हरेक वर्ष हुँदै आएको प्रतियोगिता कोरोना महामारीका कारण हुनसकेन’, उनले भने, ‘यस वर्षदेखि पुनःप्रतियोगिता निरन्तर सञ्चालन गर्नेछौँ।’

उनका अनुसार दश दिनसम्म चल्ने प्रतियोगितामा १६ वटा टोलीको सहभागिता रहनेछ। प्रतियोगिताका विजेताले नगद दुई लाख ११ हजार एक सय ११ सहित ट्रफी, उप–विजेताले नगद  एक लाख ११ हजार एक सय ११ र ट्रफी प्राप्त गर्ने प्रतियोगिता संयोजक अमित विकले जानकारी दिए।

उनका अनुसार प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई नगद दश हजार र उत्कृष्ट गोलकर्ता र उत्कृष्ट उदयमान खेलाडीलाई जनही पाँच-पाँच हजार प्रदान गरिनेछ। क्लबले प्रतियोगिताको पूर्व सन्ध्यामा सामुदायिक विद्यालय अध्ययनरत विपन्न विद्यार्थीलाई न्यानो लुगा वितरण गरेको छ।

त्यसैगरी लालझाडी गाउँपालिका–१ स्थित निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ। स्वास्थ्य शिविरबाट करिब आठ सय सेवाग्राहीले सेवा लिएको क्लबले जनाएको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Feb 12, 2023| 13:38 आइतबार, माघ २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।