आइतबार, जेठ ३, २०८३

१०० किलोवाट भर्सनको बीवाईडी एटो थ्री नेपाली बजारमा

बीवाईडी एटो थ्री नेपालमा भित्रिएको पहिलो स्पोर्टी विद्युतीय कार हो। अब यो कार १०० किलोवाट मोटरको भर्सनमा पनि खरिद गर्न सकिने भएको छ।
 |  आइतबार, माघ २९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ २९, २०७९

काठमाडौं- नेपाली बजारमा बीवाईडी एटो थ्रीको १०० किलोवाट भर्सनको कार भित्रिएको छ। बीवाईडीको नेपालस्थित आधिकारिक वितरक साइमेक्स इन्क प्रालिले यो मोडेलको कार हालै बजारमा ल्याएको हो।

National life

बीवाईडी एटो थ्री नेपालमा भित्रिएको पहिलो स्पोर्टी विद्युतीय कार हो। अब यो कार १०० किलोवाट मोटरको भर्सनमा पनि खरिद गर्न सकिने भएको छ। 

यो कारमा अल्ट्रा सेभ ब्लेड ब्याट्री प्रयोग गरिएको छ भने यसलाई शून्य प्रतिशतबाट ८० प्रतिशत चार्ज हुनको लागि ५० मिनेटमात्र लाग्ने बताइएको छ। एक पटकको फुल चार्जमा यो गाडी ४२० किलोमिटरसम्म गुड्न सक्ने कम्पनीको दाबी छ। साथै कारमा सातवटा एयरब्याग, सनरुफ, १२.८ इन्चको रोटेटिङ स्क्रिन, ३६० डिग्रीको होलोग्राफिक ट्रान्सपरेन्ट इमेज सिस्टम, कार्ड की लगायत वायरलेस मोबाइल चार्जिङ, वन टच इलेक्ट्रिक कन्ट्रोल, भोइस कन्ट्रोल सिस्टम लगायतका फिचर पनि छन्।

नेपाली बजारमा यो कारको मूल्य ६४ लाख ९० हजार रुपैयाँ तोकिएको छ। कारको बुकिङ खुलेको र डेलिभरी मार्च १५ बाट सुरु हुने कम्पनीले जनाएको छ।

प्रकाशित: Feb 12, 2023| 11:41 आइतबार, माघ २९, २०७९
प्रतिक्रिया दिनुहोस्