मंगलबार, पुस १, २०८२

टिमको बिदाइ गर्दै सदस्य सचिवले भने– तपाईंहरू सेलिब्रेटी हो

भारतसँग दुई मैत्रीपूर्ण खेलका लागि भारत जान लागेको नेपाली राष्ट्रिय सिनियर महिला टिमलाई अखिल नेपाल फुटबल संघ(एन्फा) ले बिदाइ गरेका छन्। एन्फाले सातादोबाटोस्थित एन्फा कम्प्लेक्समा कार्यक्रम गर्दै बिदाइ गरेको हो।
 |  आइतबार, माघ २९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ २९, २०७९

काठमाडौं- भारतसँग दुई मैत्रीपूर्ण खेलका लागि भारत जान लागेको नेपाली राष्ट्रिय सिनियर महिला टिमलाई अखिल नेपाल फुटबल संघ(एन्फा) ले बिदाइ गरेका छन्। एन्फाले सातादोबाटोस्थित एन्फा कम्प्लेक्समा कार्यक्रम गर्दै बिदाइ गरेको हो।

National life

नेपालले अब फेब्रुअरी १५ र १८ तारिखमा भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्दैछ। नेपालले कुनै ठूलो प्रतियोगिताको तयारी नगरिरहेको भए पनि उसले भारतको निमन्त्रणालाई स्विकार गर्दै मैत्रीपूर्ण खेल्न लागेको हो।

यता नेपालले २०२२ को महिला साफ च्याम्पियनसिपमा भारतलाई घरेलु मैदानमा हराएको थियो। नेपाली टिमले भने त्यो हारको बदला लिनकै लागि भारतले बोलाएको अनुमान गरेको भए पनि प्रशिक्षक अनन्तराज थापा त्यस्तो मनोबल नभएको पनि बताएका छन्।

उनले बदलाको भावमा नखेल्ने भन्दै यो एक खेल भएको कारण खेलकै रुपमा लिने नि बताएका छन्। यता, राष्ट्रियटिमलाई विदाई गर्दै राष्ट्रिय खेलकुद परिषद्(राखेप) का सदस्य सचिव टंकलाला घिसिङले पछिल्लो समयमा नेपार्ले भारतलाई हराउँदै आएकको कुरा सम्झाउँदै दक्षिण एसियामा कुनै बलियो टोली आयो भने नेपाललाई खेल्नका लागि ठूलो अभिभारा थपिएको सम्झिनु पर्ने बताएका छन्।

उनले भने, ‘मैले नेपाली टिमका खेलाडीको जोश हेरेको छु कौशलता हेरेको छु। भारतविरुद्ध विजयको निमित्त शुभकामना दिन चहान्छु। फुटबलका हिसाबले कि प्रतिस्पर्धि बाएका छन्।’

Laxmi sunrise bank
kumari

उनले अन्य खेलको भन्दा फुटबलको फ्यान फलोइङ धेरै रहेको कुरा सम्झाउँदै राम्रो खेल्नका लागि खेलाडीलाई सुझाव दिएका छन्। 

‘नेपालमा फुटबल रुचाउनेको ठूलो जमात रहेको छ। तपाईंले खेलिरहँदा सबै नेपालीले हेर्छन। व्यक्तित रुपमा खेलाडीले कति राम्रो खेल्यो, कति हडबडियो, कस्तो खेल्यो भनेर हेर्ने इन्डिभिज्वल फलोअर हुन्छन्,‘ उनले भने, ‘दुई चार जना खेलाडीको मैले पनि कति फलोवर छन् भनेर हेर्ने गरेको छ। तपाईं हरु सेलिब्रेटि हो।’

प्रकाशित: Feb 12, 2023| 10:54 आइतबार, माघ २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।