शुक्रबार, फागुन १, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • प्रिमियर लिगः बराबरीमा रोकिए चेल्सी र आर्सनल, टोटेनहमको लज्जास्पद हार

प्रिमियर लिगः बराबरीमा रोकिए चेल्सी र आर्सनल, टोटेनहमको लज्जास्पद हार

इंग्लिस प्रिमियर लिगमा शनिबार राति भएका खेलमा चेल्सी र लिग लिडर आर्सनल बराबरीमा रोकिएका छन्। वेस्ट ह्यामको घरेलु मैदानमा सम्पन्न भएको खेलमा चेल्सी १–१ को बराबरीमा रोकिएको हो।
 |  आइतबार, माघ २९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ २९, २०७९

काठमाडौं– इंग्लिस प्रिमियर लिगमा शनिबार राति भएका खेलमा चेल्सी र लिग लिडर आर्सनल बराबरीमा रोकिएका छन्। वेस्ट ह्यामको घरेलु मैदानमा सम्पन्न भएको खेलमा चेल्सी १–१ को बराबरीमा रोकिएको हो।

National life

खेलको १६ औं मिनेटमा गोल गर्दै चेल्सीका नयाँ खेलाडी जोआ फेलिक्सले पाहुना टिमलाई अग्रता दिलाएका थिए। यता २८औं मिनेटमा वेस्ट ह्यामका इमर्सन पाल्मेरिसले बराबरी गोल फर्काएका थिए।

खेल अवधिभरी ७२ प्रतिसत समय बल लियन्त्रणमा राखे पनि चेल्सीले थप गोल गर्न सकेन। पहिलो हाफमै कई हभाट्सले गरेको गोल भने रेफ्रिले अफसाइड करार गरिदिएका थिए। यता, लिगलिडर आर्सनल पनि घरेलु मैदानमा ब्रेन्टफर्डसँग १–१ को बराबरीमा रोकिएको छ। आर्सनलको इमिरेट्स रंगशालामा सम्पन्न खेलमा उसले सुरुआति अग्रता बनाए पनि त्यसलाई जोगाउन नसकेको हो।

आर्सनलका लागि लियोन्द्रो ट्रोसार्डले गोल गरेका थिए भने ब्रेन्टफर्डका लागि इभान टोनीले गोल गरेका थिए। यता टोटेनहम हट्स्परले भने लेस्टर सिटीको मैदानमा ४–१ को हार बेहोरेको छ। खेलको १४ औं मिनेटमा रेड्रिगो बेन्टाकुलरले टोटेनहमलाई अग्रता दिलाए पनि टिमले त्यसलाई जोगउन सकेन। त्यसपछि लेस्टरले पहिलो हाफमा तीन र दोस्रो हाफमा एक गोल फर्काएको थियो।

यो जितसँगै २४ अंक बनाएको लेस्टर सिटी १३ औं स्थानमा उक्लिएको छ। हारका बाबजुद पनि टोटेनहम पाँचौ स्थानमा छ। यता  लिगलिडर ५१ अंकका साथ शीर्षस्थानमा छ। ऊ दोस्रो स्थानको म्यानचेस्टर सिटीभन्दा छ अंकले मात्र अघि रहेको छ।

Laxmi sunrise bank

आर्सनललाई बराबरीमा रोकेको ब्रेन्टफर्ड आठौं स्थानमा छ भने चेल्सी नवौं स्थानमा छ।

प्रकाशित: Feb 12, 2023| 08:50 आइतबार, माघ २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।