सोमबार, असार १५, २०८३

महिला हक्की प्रतियोगिताको उपाधि आर्मीलाई

जनकपुरमा भएको फाइनलमा आर्मीले लुम्बिनी प्रदेशलाई २–१ गोलले पराजित गर्यो‍।
 |  शनिबार, माघ २८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, माघ २८, २०७९
National life
Shivam cement

काठमाडौं – नेपाल आर्मीले पाँचौं साहाना प्रधान स्मृति महिला हक्की प्रतियोगिताको उपाधि शनिबार जितेको छ । जनकपुरमा भएको फाइनलमा आर्मीले लुम्बिनी प्रदेशलाई २–१ गोलले पराजित गर्यो‍। आर्मीकी सीतामाया बल र सरस्वती तामाङले गोल गरे। लुम्बिनीकी अन्नया बरुवालले गोल फर्काइन्।

लुम्बिनीकी पूजा कुमारी उत्कृष्ट खेलाडी, लुम्बिनीकी प्रतिमा सरोज उत्कृष्ट गोलरक्षक तथा आर्मीकी हिमाली थापा उत्कृष्ट डिफेन्डर घोषित भए।

विजेतालाई मिथिला नगरपालिकाका मेयर महेन्द्र महतो, नेपाल हक्की संघका उपाध्यक्ष अनिल शर्मालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे। प्रतियोगितामा आर्मी र ६ प्रदेश गरी ७ टिम सहभागी थिए।

प्रकाशित: Feb 11, 2023| 19:44 शनिबार, माघ २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।