मंगलबार, पुस १, २०८२

कराते प्रतियोगितामा पुलिस टिम च्याम्पियन

नेपाल पुलिस क्लब दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ। पुलिस सर्वाधिक १० स्वर्ण, २ रजत र ३ कास्य गरि १५ पदक जित्दै टिम च्याम्पियन बनेको राष्ट्रिय खेलकुद परिषद्(राखेप) ले जानकारी दिएको हो।
 |  शनिबार, माघ २८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, माघ २८, २०७९

काठमाडौं – नेपाल पुलिस क्लब दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ। पुलिस सर्वाधिक १० स्वर्ण, २ रजत र ३ कास्य गरि १५ पदक जित्दै टिम च्याम्पियन बनेको राष्ट्रिय खेलकुद परिषद्(राखेप) ले जानकारी दिएको हो। पहिलो संस्करणमा पनि पुलिस नै टिम च्याम्पियन बनेको थियो।

National life

प्रतियोगिताको शीर्ष ३ भित्र विभागिय तीन टोली नै रहेका छन्। ६ स्वर्ण, ३ रजत र ५ कास्य गरि १४ पदकका साथ नेपाल एपिएफ क्लब दोस्रो र १ स्वर्ण ५ रजत र ७ कास्य गरि १३ पदकका साथ आर्मी तेस्रो भएको छ। अन्य ७ प्रदेश भने स्वर्ण पदक जित्न असफल भएका छन्।

ललितपुर सातदोबाटोस्थित कराते एकेडेमी हलमा शनिबार सम्पन्न प्रतियोगितामा बागमती प्रदेश २ रजत र ५ कास्य पदकका साथ चौथो भएको छ। गण्डकी प्रदेशले समान २ रजत र २ कास्य पदक जित्दा लुम्बिनीले १ रजत र ३ कास्य पदक प्राप्त गरेको छ। सुुदूरपश्चिमले १ रजत र १ कास्य जित्दा, कर्णाली प्रदेशले १ रजत, प्रदेश १ ले ६ कास्य पदक र मधेश प्रदेशले २ कास्य पदक जितेको छ।

प्रतियोगिताको अन्तिम दिन शनिबार ५ इभेन्टको फाइनल भएको थियो। जसमा पुलिसले २ तथा एपिएफले ३ स्वर्ण पदक जितेको थियो।

तीन वर्ष अघि स्वदेशमा भएको १३ औं दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जितेका पुलिसकी सुनिता महर्जन (६८ केजी मुनी) को तौल समूहमा र नविन रसाइलीले ६७ केजी तौल समूहमा स्वर्ण पदक जितेका थिए। बागमती प्रदेशकी विनिता श्रेष्ठलाईले हराउँदै सुनिताले स्वर्ण पदक जितेकी हुन्। एपिएफकी डाएना ओझा र मधेश प्रदेशकी मोनिका मगरले कास्य पदक जिते।

Laxmi sunrise bank
kumari

पुरुष ६७ केजीको फाइनलमा आर्मीका सन्नी चौलागाईले हराउँदै नविनले स्वर्ण पदक जितेका हुन्। बागमतीका निमा शेर्पा र एपिएफका प्रतिक घर्तीमगर कास्य पदक जिते।

एपिएफकी मनिष चौधरीले ५५ केजी, मोहमद शेखु आलमले ८४ केजी मुनि र सुुवाश घतानीले ७५ केजी तौल समूहमा स्वर्ण पदक जितेका थिए।

लुम्बनी प्रदेशकी बर्षा बुढा मगरलाई हराउँदै मनिषाले स्वर्ण पदक जितेकी हुन् । आर्मीकी सारदा सुनार र प्रदेश १ कि विद्याकला राईले कास्य पदक जिते।

८४ केजी मुनिको तौल समूहमा गण्डकी प्रदेशका विशाल थापा मगरलाई हराउँदै मोहमद शेखुले स्वर्ण पदक जितेका हुन्। पुलिसका स्वीकार राई र आर्मीका निकेश मानन्धरले कास्य पदक जिते। ७५ केजी तौल समूहमा गण्डकी प्रदेशका सजोल बुढाथोकीलाई हराउँदै सुवाशले स्वर्ण पदक जितेका हुन्। प्रदेश १ का रुरिहाङ धामी र पुलिसका आकाश मण्डलले कास्य पदक जिते।

प्रतियोगितामा महिलातर्फ एपिएफ मनिषा चौधरी र पुलिसतर्फ पुलिसका विप्लवलाल श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भए। उनीहरुले जनही १५ हजार रुपैयाँ प्राप्त गरे। तीन दिन सम्म सन्चालन भएको प्रतियोगितामा ७ प्रदेश , ३ विभागका खेलाडीले १७ वटा इभेन्ट्समा प्रतिस्पर्धा गरेका थिए।

प्रकाशित: Feb 11, 2023| 20:15 शनिबार, माघ २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।