शुक्रबार, फागुन १, २०८२

सुष्मासहित ४ बक्सिङ खेलाडी सम्मानित

एएसबीसी यु–२२ बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक रजत पदक जित्न सफल सुष्मा तामाङसहित ४ खेलाडी शनिबार नगदसहित सम्मानित भएका छन्
 |  शनिबार, माघ २८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, माघ २८, २०७९

National life
Laxmi sunrise bank

काठमाडौं - एएसबीसी यु–२२ बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक रजत पदक जित्न सफल सुष्मा तामाङसहित ४ खेलाडी शनिबार नगदसहित सम्मानित भएका छन्। एक्स बक्सिङ ग्रुप मकाउ तथा विभिन्न देशमा रहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रि खेलाडीको समूहले उनीहरुलाई नगद पुरस्कारसहित सम्मान गरेको हो।
थाइल्यान्डको बैंककमा जनवरी १६ देखि २७ तारिखसम्म भएको प्रतियोगितामा सुष्मा बाहेक अन्य ३ खेलाडीले कांस्य पदक जितेका थिए। हेमा राई, तृषा जवेगु र विजय बाटाले कांस्य जितेका थिए। सुष्मालाई ३५ हजार तथा बाँकीलाई जनही २५ हजार नगदसहित पुरस्कृत गरियो।
उक्त प्रतियोगिताका प्रशिक्षकद्वय दीपक महर्जन र सन्दिप श्रेष्ठ तथा सुष्माका सुरुआती प्रशिक्षक नवीन तण्डुकारलाई पनि जनही १० हजार नगदसहित सम्मान गरियो।
उनीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले, नेपाल बक्सिङ संघका पूर्व अध्यक्ष राजीव श्रेष्ठ, सम्मान गर्ने संस्थाको तर्फबाट मानबहादुर श्रेष्ठले एक कार्यक्रमबीच सम्मान गरे।

प्रकाशित: Feb 11, 2023| 19:25 शनिबार, माघ २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।