मंगलबार, पुस १, २०८२

पहिलो टेस्टमा अष्ट्रेलियाविरुद्ध इन्डियाको सानदार जित

कमजोर पीचको रहेको भन्दै चर्को आलोचना भएको खेलमा अष्ट्रेलियाका बलर तथा ब्याटर दुवैले राम्रो प्रदर्शन गर्न सकेनन्।
 |  शनिबार, माघ २८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, माघ २८, २०७९

काठमाडौं – आफ्नो दोस्रो पारीमा पनि अष्ट्रेलिया सस्तैमा समेटिएपछी इन्डियाले पहुना टिम अष्ट्रेलियाविरुद्ध पहिलो टेस्ट क्रिकेटमा सानदार जित निकालेको छ। इन्डियाको नागपुर रंगशालामा आज(शनिबार) सम्पन्न पहिलो टेस्टमा आयोजकले एक इनिङ र १३२ रनको जित निकालेको हो।

National life

कमजोर पीचको रहेको भन्दै चर्को आलोचना भएको खेलमा अष्ट्रेलियाका बलर तथा ब्याटर दुवैले राम्रो प्रदर्शन गर्न सकेनन्। यता इन्डियाका बलर र ब्याट्स्मेन दुवैले उत्कृष्ट प्रदर्शन गरेका छन्। टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलिया १७७ रनमै अलआउट भएको थियो। जसक्रममा अष्ट्रेलियाका ओपनर मर्नुस लुबुसले सर्वाधिक ४९ रन बनाएका थिए। यता भारतका रविन्द्र जाडेजाले पाँच विकेट गिराएका थिए।

खेलको दोस्रो पारीमा ओपनर रोहित शर्माको सानदार सतक(१२० रन), रविन्द्र जाडेजाको ७० र अक्षर पटेलको ८४ रनसँगै भारतले ४०० रन बनाएको थियो। अष्ट्रेलियाका लागि डोड मुर्फी एक्लैले ४७ ओभर बलिङ गरेर सात विकेट गिराएका थिए।

खेलको तेस्रो पारीमा स्टेभेन स्मिथले सर्वाधिक २५ रन बनाएका थिए। यता इन्डियाका लागि रविचन्द्र अश्विनले पाँच विकेट लिएका थिए।

चार टेस्ट खेलको सिरिजको पहिलो खेलमा इन्डियाले जित निकालेको छ। यता, अब आउँदा टेस्ट खेल दिल्ली, धर्मशाला र अहमदाबाद रंगशालामा हुनेछन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: Feb 11, 2023| 19:15 शनिबार, माघ २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।