काठमाडौं – खेलकुद विश्वविद्यालय कार्यदलले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई आशय पत्र हस्तान्तरण गरेको छ। विश्वविद्यालयकी सह–संयोजक गीता क्षेत्री राणाले राखेप सदस्य–सचिव टंकलाल घिसिङलाई प्रस्तावित आशय पत्र हस्तान्तरण गरेकी राखेपले जनाकारी दिएको हो।
आशय पत्रमा समस्याका पहिचान, लक्ष्य, खेलकुद विश्वविद्यालयको उद्देश्य, औचित्य, खेलकुद विश्वविद्यालय स्थापना गर्न थप आवश्यक आधार, खेलकुद विश्वविद्यालयको आधारभूत चरित्र, सम्भावित चुनौती, अवसर साथै उपायहरु तथा शैक्षिक कार्यक्रम र पाठ्यक्रम, उपादेयता तथा नीतिगत व्यवसथापनका विषयमा उल्लेख गरिएको छ।
नेपालमा खेलकुद विश्वविद्यालय स्थापना गर्न आवश्यकता महशुस गरी राखेपले नेपाल ओलम्पिक कमिटीका पूर्व अध्यक्ष ध्रुवबहादुर प्रधानको संयोजकत्वमा १३ सदस्यीय खेलकुद विश्वविद्यालय कार्यदल गठन गरेको थियो।