सोमबार, मंसिर २९, २०८२

तेस्रो संस्करणको रग्बी लिग फागुन २९ बाट

सदाझैं नेपाल रग्बी संघले चार टिमलाई सहभागी गराउने भएको छ।
 |  शुक्रबार, माघ २७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २७, २०७९

काठमाडौं– काठमाडौंको दशरथ रंगशालामा आइतबारबाट तेस्रो संस्करणको फिफ्टिन्स रग्बी लिग आयोजना हुँदैछ। सदाझैं नेपाल रग्बी संघले चार टिमलाई सहभागी गराउने भएको छ।

National life

नगद पुरस्कारको व्यवस्था नभएको लिग आगामि माघ २९ देखि फागुन छ गतेसम्म आयोजना हुने अयोजले जानकारी दिएको हो। प्रतियोगितामा सहभागी हुने क्लबहरुले काठमाडौंमा उचित मैदान नभएको कारण अभ्यासमा समस्या भएको जानकारी दिएका छन्।

यसअघि सल्लाघारीको आर्मी स्कुलको मैदानमा र मध्यपुर युवा क्लबको मैदानमा आयोजना भएको प्रतियोगिताले यो वर्ष मात्र आयोजनाको लागि दशरथ रंगशाला पाएको हो।

पत्रकार सम्मेलनमा संघका अध्यक्ष दिपक देवकोटाले खेलको विकासका लागि लागिरहेको बताएका छन्। उनले भने, ‘खेलको विकासका लागि लागिरहेका छौं। जे जति माथि पुगेको छ त्यसमा सबैको योगदान रहेको छ। यो विस्तार गर्ने सोचाइ बनाउँदा गर्दा धेरै माथि पुगेका छैनौँ। अहिले १५ एसको खेलको निम्ती त्यो खालको जनशक्ति विस्तारको निम्ती पूर्वाधार पनि चाहिन्छ।’

यो लिगको पहिलो संस्करणमा आर्मी र दोस्रोमा गोर्खालीले उपाधि जितेको थियो। यो लिगका नगद चाहिँ टोकन मनीका रुपमा दिने गरेको महासचिव गोविन्द घिमिरेले जानकारी दिएका छन्।

Laxmi sunrise bank
kumari

घिमिरेले देशमा सेभेन ए साइडका धेरै क्लब भए पनि फिफ्टिन्सका धेरै क्लब नभएको जानकारी दिएका छन्। उनले भने, ‘१५ ए साइडमा चाहिँ आर्मी मात्र सहभागी भइरहेका छन्। बाँकीमा छैन। यो खेलमा रहभागी भइरहेको छैन।’

प्रकाशित: Feb 10, 2023| 20:30 शुक्रबार, माघ २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।