सोमबार, साउन ४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • आइएमई लिमिटेड र एन्टीक फेसन स्टोरवीच छुटसम्बन्धी सम्झौता 

आइएमई लिमिटेड र एन्टीक फेसन स्टोरवीच छुटसम्बन्धी सम्झौता 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- काठमाडौं पानीपोखरीस्थित केन्द्रीय कार्यालय रहेको आइएमई लिमिटेड र वनेपास्थित नाला दोबाटोमा अवस्थित एन्टीक फेसन स्टोरबीच बिहीबार सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार आइएमई प्रिभिलेज कार्डबहाक सेवाग्राहीहरूले एन्टीक फेसन स्टोरबाट समानखरिद गर्दा  तीस (३० ) प्रतिशतसम्म छुट दिइने जनाइएको छ। 

यो सुविधालिनका लागि आइएमईले प्रदान गरेको आइएमई प्रिभिलेज कार्ड स्टोरको क्यास काउन्टरमा देखाउनुपर्नेछ। सम्झौतापत्रमा आइएमई लिमिटेडका तर्फबाट मार्केटिङ्ग तथा सेल्स अधिकृत अजयथापार एन्टीक फेसन स्टोरको तर्फबाट बजार तथा व्यापार प्रबद्र्घन विभाग प्रमुख संजीव प्रजापतिले हस्ताक्षर गरेका छन् । यो सम्झौता एक वर्षसम्मकालागि लागु हुनेछ।

आइएमईसँग आबद्ध सेवाग्राहीहरूलाई विभिन्न सेवामा सहुलियतपूर्ण सुविधा प्रदान गर्न सकियोस् भन्ने उद्देश्यका साथ यस्ता कार्यक्रमहरू संचालन गर्दै आएको आइएमई ग्रुपका प्रमुख जनसम्पर्क व्यवस्थापक राजु पौडेलले बताए। 

आफ्नो स्थापना देखि नै रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउन प्रतिबद्व यस कम्पनीले सेवाशुभारम्भको १८ औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी १ सय ८४ आइएमई सेन्टरसहित ७७ जिल्लाका ८ हजार ५ सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा बित्तीय संस्थाका शाखामार्फत विदेशमा कार्यरत नेपालीहरुले दःुख गरी कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्