सोमबार, साउन ४, २०८३

स्टारी पर्पल रंगमा ओपो एफनाइन सार्वजनिक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- सेल्फी एक्स्पर्ट एण्ड लिडर, ओपोले नेपाली बजारमा एफनाइनअन्तर्गत नयाँ उत्पादन आकर्षक स्टारी पर्पल रंगमा सार्वजनिक गरेको छ। 

पछिल्लो महिना एफनाइन सार्वजनिक समारोहमा स्टारी पर्पलका बारेमा जानकारी दिएदेखि नै बजारमा यसको तिव्र माग हुँदै आइरहको छ।

पाँच मिनेट चार्ज गर्दा २ घण्टाको टक टाइम दिने भोक फ्ल्याशचार्ज र उद्योगकै पहिलो ग्राडियण्ट कलर डिजाइन सुसज्जित एफनाइन स्टारी पर्पलको डिजाइन प्रयोगकर्तालाई पृथक अनुभव प्रदान गर्नुका साथै ओपोको प्राविधिक समृद्धि र नव प्रवर्तनात्मक विशेषज्ञताको प्रतिविम्व दिने सोचकासाथ गरिएको छ। 

४१,५९० रुपैयाँ मूल्य निर्धारण गरिएको ओपो एफनाइन असोज १६ गतेदेखि देशभर रहेका अफलाइन स्टोर्स मार्फत उपलब्ध हुनेछ।

उद्योगकै पहिलो ६.३ ईञ्च वाटरड्रप स्क्रिन डिजाइन, ९०.८% उच्च स्क्रिन टू बडी रेसियो, पृथक ग्राडियण्ट कलर डिजाइन र ३५०० एमएएच ब्याट्री सहितको एफनाइनले उत्कृष्ट सेल्फी फङशनका साथै आनन्ददायी अनुभव, फास्ट चार्जिङ र लामो समयसम्म टिक्ने ब्याट्रीको सुविधापनिप्रदान गर्छ। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्