मंगलबार, कात्तिक ४, २०८२

५० किलो तौल समूहमा एचटुओकी अस्मिता दुवाल छनौट

भारतको राजधानी नयाँ दिल्लीमा यहि मार्च १३ देखि २७ तारिखसम्म सन्चालन हुन गैरहेको ईबा वल्ड उमन्स् बक्सिङ च्याम्पियनसिप २०२३ मा सहभागी हुन आयोजित छनौट प्रतियोगितामा ५० किलो तौल समुहमा एचटुओकी अस्मिता दुवाल छनौट भएकी छन्।
 |  बिहीबार, माघ २६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २६, २०७९

काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीमा यहि मार्च १३ देखि २७ तारिखसम्म सन्चालन हुन गैरहेको ईबा वल्ड उमन्स् बक्सिङ च्याम्पियनसिप २०२३ मा सहभागी हुन आयोजित छनौट प्रतियोगितामा ५० किलो तौल समुहमा एचटुओकी अस्मिता दुवाल छनौट भएकी छन्।

Kumaribank

आज सम्पन्न भएको फ्लाई लाइट वैट ५० किलो तौल समूहको फाइनल खेलमा एचटुओका अस्मिता दुवालले नेपाल प्रहरीका दिवाना शेर्मालाई ३.२ अंक (स्पिलट डिसिजन) को आधारमा पराजित गर्दै छनौट भएकी हुन्। दुवाल र शेर्माले क्रमश: सेमिफाइनल खेलमा आरडीएक्सका रमिशा श्रेष्ठलाई ४.१ को स्पिलट डिसिजनमा र आर्मीका आरती बम्जनलाई ४.१ अंक (स्पिलट डिसिजन) को आधारमा पराजित गर्दै फाइनल प्रवेश गरेका थिइन्।

महिला ५२ केजी तौल समूहको फाइन लखेलमा अन्जनी तेलीले टिएसीका वर्षा श्रेष्ठलाई ५.० आधारको आधारमा र ५४ किलो तौल समूहमा मिनु गुरुङले एपीएफका शर्मिला तामाङलाई ५.० अंकको आधारमा जित हासिल गर्दै छनौट भएका छन्।

महिला फेदर वैट ५७ किलो तौल समूहको फाइनल खेलमा आर्मीका चन्द्र कला थापाले झापाका सुस्मिता राईलाई ५.० अंकको आधारमा पराजित गर्दै छनौट भएकी छन्। ६० किलो तौल समूहको फाइनल खेलमा एपीएफका संगिता सुनारले आर्मीका निरु गुरुङ्गलाई ४.१ अंकको आधारमा पराजित गर्दै छनौट भएकी छन्। त्यसैगरी  मिडिल वैट ७५ किलो तौल समूहको फाइनल खेलमा एपीएफका सरस्वती रानामगरले झापाका त्रिसा जवेगुलाई ५.० अंकको आधारमा पराजित गर्दै छनौट भएकी थिइन्।

नेपाल बक्सिङ संघद्वारा आयोजित राष्ट्रब्यापी खुल्ला छनौट प्रतियोगितामा महिला ४८ किलो तौल समूहमा भर्खरै थाईल्याण्डको राजधानी बैंकक सहरमा एएसबिसीद्वारा आयोजित यू-२२ एशियन च्याम्पियनसिपमा रजत पदक विजेता सुस्मा तामाङलाई संघको निर्णय अनुसार यसअघि नै छनौट गरेको छ।

Metro Mart

५० किलोमा अस्मिता दुवाल, ५२ किलोमा अन्जनी तेली, ५४ किलोमा १३औं सागका संवरण पदक विजेता मिनु गुरुङ, ५७ किलो तौल समूहमा चन्द्रकला थापा, ६० किलो तौल समूहमा संगिता सुनार र ७५ किलो तौल समूहमा सरस्वती रानामगर गरी जम्मा ७ जना खेलाडी छनौट भएको संघका प्रवक्ता श्यामकाजि अवालेले जानकारी दिए। छनौट भएका खेलाडी मध्यबाट उत्कृष्ट खेलाडीलाई मात्र भारतको राजधानी नयाँ दिल्लीमा यही मार्च १३ देखि २७ तारिखसम्म सन्चालन हुन गइरहेको ईबा वल्ड उमन्स् बक्सिङ च्याम्पियनसिप २०२३ मा सहभागीता गराइने छ।

प्रकाशित: Feb 09, 2023| 19:48 बिहीबार, माघ २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।