सोमबार, साउन ४, २०८३

ग्लोबल पाटन प्याथल्याबबीच छुटसम्बन्धी सम्झौता 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- ग्लोबल आइएमई बैंक लिमिटेड र पाटन प्याथल्याब प्रालिबीच १५ असोजमा ल्याबले प्रदान गर्ने विभिन्न सेवा, स्वास्थ्य परिक्षण तथा सुविधाहरुमा दिइने छुटसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ।  बैंकले ल्याबसँग आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय परिक्षणमा सहुलियत दिने उद्देश्यले दुईपक्षीय सम्झौता गरेको हो।

उक्त सम्झौतापत्रमा पाटन प्याथल्याब प्रालिका अक्ष्यक्ष रेशम भट्टराई र ग्लोबल आइएमई बैंकका कार्ड बिक्री तथा बजार व्यवस्थापन विभाग प्रमुख रविन्द्र ढकालले हस्ताक्षर गरेका हुन्। 

ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकलाई बैंकिङ सेवाको अतिरिक्त अन्य सुविधाहरु प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संस्थासँग समन्वय गरी यस्ता विभिन्न खाले योजनाहरु ल्याईरहेको छ।

उक्त सम्झौतापश्चात पाटन प्याथल्याब प्रालिमा परिक्षण गराउँदा ग्लोबल आइएमई बैंकबाट डेबिट, क्रेडिट, प्रिभिलेजकार्ड लिएका बैैंकका ग्राहक तथा कर्मचारीले ल्याबले प्रदान गर्ने विभिन्न सेवामा ३५ प्रतिशत छुट पाउने छन् ।  

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्‍याउने उद्देश्यले १३२ शाखा, १३८ एटिएम, ५ एक्सटेन्सन काउण्टर, १५ राजश्व संकलन काउण्टर, १०३ शाखारहित बैंकिङ्ग सेवा र देश बाहिर ३ प्रतिनिधि÷सम्र्पक कार्यालय माफर्त आफ्ना ९ लाखभन्दा बढि ग्राहकहरुमाझ सेवाप्रदान गर्दै आइरहेको छ। त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुक्त भाईबर बैंकिङ सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्ट्रेलिया, बेलायत र भारतमा प्रतिनिधि-सम्पर्क कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्