काठमाडौं – बंगलादेशको ढाकामा जारी चौथो संस्करणको यू–२० महिला साफ च्याम्पियनसिपअन्तर्गत अहिले जारी खेलमा बंगलादेशले दुई गोलको अग्रता बनाएको छ। घरेलु समर्थकको साथ पाएको बंगलादेशले वीर श्रेष्ठ सहिद सिपाही मोस्तफमा कमल रंगशालामा दुई गोलको अग्रता बनाएको हो।
निकै प्रतिस्पर्धात्क खेलको पहिलो हाफमा दुवै टिमबाट राम्रो मुभहरु बनेका थिए। पहिलो हाफमा नेपाली फरवार्ड अमिषा कार्कीले केहि प्रहार गरे पनि गोल हुन सकेन। बरु खेलकाले ४२ औं मिनेटमा बंगलादेशकी रोपाले गोल गर्दै अग्रता दिलाएकी थिइन्।
साम्सुन्नहर जुनियरले खलको इन्ज्युरी समयमा अर्को गोल थपिन्। यो उनको प्रतियोगिताको पाँचौ गोलसमेत हो। नेपाली डिफेन्डरले बललाई नियन्त्रण गर्न नसक्दा नेपालले गोलको सामना गर्न पुगेको थियो।