सोमबार, जेठ ४, २०८३

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा शुक्रबार

बिहान बैंक सञ्चालक समितिको बैठक बसेर दिउँसो समीक्षा सार्वजनिक गर्न लागिएको हो।
 |  बिहीबार, माघ २६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २६, २०७९

काठमाडौं- नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा शुक्रबार गर्ने भएको छ। बिहान बैंक सञ्चालक समितिको बैठक बसेर दिउँसो समीक्षा सार्वजनिक गर्न लागिएको हो।

National life

बजारमा तरलता बढे पनि ब्याजदर घट्न नसकेको, ऋणको माग नआएको, ऋण तिर्न समस्या भइरहेका बेला राष्ट्र बैंकको अर्धवार्षिक समीक्षालाई महत्वका साथ हेरिएको छ।

सेयर लगानीकर्तादेखि घरजग्गा कारोबारीसम्मले समीक्षा कुरिरहेका छन्। उद्यमी-व्यवसायीले ब्याज घटाउनुपर्ने र ऋण पुनर्तालिकीकरणका लागि समय दिनुपर्ने माग गरिरहेका छन्।

बैंकरले पनि केही क्षेत्रमा माग बढाउनु पर्ने भन्दै सुझाव दिइसकेका छन्। राष्ट्र बैंकले भने आयात वृद्धि हुने गरी नीतिगत दरहरु नघटाउने संकेत गरेको छ।


प्रकाशित: Feb 09, 2023| 12:03 बिहीबार, माघ २६, २०७९
प्रतिक्रिया दिनुहोस्