मंगलबार, कात्तिक ४, २०८२

यू २० साफ फाइनल : बंगलादेशसँग उपाधि खोस्ने दाउमा नेपाल

बंगलादेशको ढाकामा जारी यू २० महिला साफ च्याम्प्यिनसिपको उपाधि लागि आज नेपालले आयोजक बंगलादेशको सामना गर्दै छ। ढाकाको वीर सहिद श्रेष्ठ सिपाही मोस्तफा कमल रंगशालामा फाइनल खेल आज अपराह्न सभा ६ बजे सुरु हुनेछ।
 |  बिहीबार, माघ २६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २६, २०७९

काठमाडौं- बंगलादेशको ढाकामा जारी यू २० महिला साफ च्याम्प्यिनसिपको उपाधि लागि आज नेपालले आयोजक बंगलादेशको सामना गर्दै छ। ढाकाको वीर सहिद श्रेष्ठ सिपाही मोस्तफा कमल रंगशालामा फाइनल खेल आज अपराह्न सभा ६ बजे सुरु हुनेछ।

Kumaribank

खेलअघिको पत्रकार सम्मेलनमा बोल्दै नेपाली यू २० महिला टिमका मुख्य प्रशिक्षक याम प्रसाद गुरुङले नेपालले जितको लक्ष्यका साथ खेल्ने पनि बताएका छन्। उनले भने, ‘यो फाइनलमा हामीले रिभेन्ज लिनेछौं र उपाधि जित्नेछौं।’

नेपाल र बंगलादेशबीच भएको समूह चरणको खेलमा नेपालले हार बेहोरेको थियो। पहिलो खेलमा नै हार बेहोरेपछि नेपालको फाइनल यात्रा ढाडिएको थियो। तर नेपालले दोस्रो खेलमा भुटानलाई र तेस्रो खेलमा भारतलाई हराएर फाइनल यात्रा तय गरेको थियो।

भारतविरुद्ध पहिलो हाफमै एक गोलले पछि परेको नेपालले दोस्रो हाफमा तीन गोल फर्काउँदै सानदार कमब्याक जित निकालेको थियो। त्यो जितले फाइनलमा आफ्नो टिम आत्मविश्वासी बनेको कप्तान प्रीति राई बताउँछिन्।

उनले भनेकी छन्, ‘हामीले पछिल्लो खेलमा कसरी खेल्यौँ र कमब्याक गर्‍यौँ। त्यसलाई हेर्ने हो भने हामी धेरै आत्मविश्वासी बनेका छौं।’ प्रशिक्षक गुरुङलाई पनि यस्तै लाग्छ। उनले पनि भनेका छन्, ‘सायद हामीले भारतलाई हराएको भएर पनि हुनसक्छ फाइनल जित्नका लागि आँट आएको।’

Metro Mart

तर, आज बंगलादेश घरेलु समर्थकमाझ फाइनल खेलिरहेको छ। घरेलु मैदानमा घरेलु समर्थकसँग जुनसुकै टोली पनि बलियो देखिन्छ। त्यो डर भने नेपाली टिमलाई रहेको छ। त्यसमाथि बंगाली टिम दबाब दिएर खेल्नका लागि पोख्त छ। यसैकारण फरक रणनीतिका साथ मैदानमा उपस्थित हुने लक्ष्य नेपालले लिएको छ।

‘अब मैदान र दर्शकको हिसाबले आयोजक देशलाई फाइदा त पक्कै छ नै। उनीहरूमा कन्फिडेन्स पनि राम्रो रहेको छ। हामी फाइनलमा फरक रणनीति र फरक हिसाबले खेल्नेछौं। हामीले साफमा बंगलादेशको कमजोरी पत्ता लगाएका छौं,’ प्रशिक्षक गुरुङले भनेका छन्।

बंगलादेशको टिममा भएको गल्ती केलाउँदै र त्यसमा आफ्नो टिमको संरचनामा होस पुर्‍याउँदै प्रीतिले फिटनेस र स्ट्रेन्थमा केन्द्रित रहेर खेल्ने बताएकी छन्। उनले भनिन्, ‘उनले विपक्षी टिमको फिटनेसमा फोकस गरेर त्यसलाई आफ्नो स्ट्रेन्थले दबाब बनाएर खेल्नेछौं।'

प्रीतिले पहिलो पटक यू २० को कप्तानी गरिसकेकी छन्। उनले यू १५ र यू १७ को कप्तानी गरिसकेको भए पनि उपाधि जित्न सकेकी भने छैनन्। त्यसैले आफ्नो कप्तानीमा नेपाललाई उपाधि दिलाउन चाहन्छिन्। यसका लागि धेरै मेहेनेत गरिरहेको उनको भनाइ छ। ‘प्रीति राई हामीले यो फाइनलका लागि धेरै मेहेनेत गरेका छौं। यो खेल जित्ने टिमले उपाधि जित्नेछ। फाइनल खेलमा मेरो आशा भनेको जित नै हो,’ उनले भनिन्।

नेपालको पहिलो खेलमा नै कुसुम खतिवडा घाइते भएकी छन्। यद्यपि नेपाली टिममा मिडफिल्डमा प्रीतिलाई साथ दिन मिडफिल्डर दिपा शाही रहेकी छन्। सिनियर टिममा खेलिसकेकी अमिषा कार्की फरवार्डमा भएको यू २० को टिम निकै बलियो देखिएको छ।

यता बंगलादेशी प्रशिक्षक गोलोन रब्बानी छोटोनले यो फाइनल खेल प्रतिस्पर्धात्मक हुने बताएका छन्।

प्रकाशित: Feb 09, 2023| 08:17 बिहीबार, माघ २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।