मंगलबार, फागुन १९, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • टर्की भूकम्पमा २० हजारको मृत्यु भएको राष्ट्रसंघको अनुमान

टर्की भूकम्पमा २० हजारको मृत्यु भएको राष्ट्रसंघको अनुमान

उद्धार तथा राहतको अनुगमन एवं समन्वय गरिरहेका संयुक्त राष्ट्रसंघका अधिकारीहरूले २० हजार मानिस हताहत भएको अनुमान गरेका छन्। भूकम्पबाट अति प्रभावित १० प्रान्तमा तीन महिने आपतकाल घोषणा गरिएको छ।
 |  बुधबार, माघ २५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, माघ २५, २०७९

टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा सोमबार गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ११ हजार नाघेको छ। टर्कीमा ८ हजार ७५४ र सिरियामा दुई हजार चार सय ७० जनाले ज्यान गुमाएका हुन्।

टर्कीमा मात्र ४० हजारभन्दा बढी घाइते भएका छन्। प्रतिकूल मौसमका कारण खोज तथा उद्धारमा अवरोध भएको बताइएको छ। यद्यपि उद्धारकर्मीहरू भग्नावशेषमा पुरिएकाहरूको खोजीमा जुटेका छन्। 

करिब ६ हजार भवन भत्केकाले ज्यान गुमाउनेको सङ्ख्या बढ्ने प्रभावित क्षेत्रमा खटिएका उद्धारकर्मी र चिकित्सकले बताएका छन्। उद्धार तथा राहतको अनुगमन एवं समन्वय गरिरहेका संयुक्त राष्ट्रसंघका अधिकारीहरूले २० हजार मानिस हताहत भएको अनुमान गरेका छन्। भूकम्पबाट अति प्रभावित १० प्रान्तमा तीन महिने आपतकाल घोषणा गरिएको छ।

अन्तर्राष्ट्रिय समुदायले टर्की र सिरियामा राहत सामग्रीसहित उद्धारकर्मी परिचालन गरेको छ। युरोपेली संघ, रुसी महासंघ, इजरायल, चीन, भारत, पाकिस्तान, ग्रीस, जर्मनी, लेबनान, दक्षिण कोरिया, जापान, अष्ट्रेलियाले पनि आफ्नो सामर्थ्यअनुसार आर्थिक एवं भौतिक सहायता उपलब्ध गराएका छन्। इजरायल, चीन र भारतले चिकित्सक, इञ्जिनियर र भारी उपकरणका साथ उद्धारकर्मी परिचालन गरेका छन्। 

प्रकाशित: Feb 08, 2023| 18:59 बुधबार, माघ २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।