आइतबार, साउन ३, २०८३

फोर्ड ग्लोबल क्यरिङ मन्थ मनाईँदै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- विश्वभर सप्टेम्बर महिनालाई 'फोर्ड ग्लोबल क्यरिङ मन्थ' को रुपमा मनाइँदै आएको छ। यस वर्ष पनि १३ औँ  फोर्ड ग्लोवल क्यरिङ मन्थ विश्वभर मनाइँदै छ। यसमा विश्वभर फोर्डमा काम गर्ने हजारौँ कर्मचारी, भूतपुर्व कर्मचारी र सर्वसाधारण “फोर्ड स्वयंसेवक  कोर्प्स” पनि भनिन्छ। आम जनताको जीवनस्तर उकास्ने उद्देश्यले  विभिन्न सामाजिक कार्यहरुमा व्यतित गरी मनाईँने गर्दछ।

 नेपालमा पनि सप्टेम्बर २८ र २९ का दिन राउण्ड टेबल नेपालको सहकार्यमा जिओ फोर्ड नेपालका ३० जना स्वयंसेवकले नुवाकोटको ग्रामिण भेग, रातमाटेमा रहेको शिला देवी स्कुलमा आधारभुत स्वास्थ्य सम्वन्धि जानकारीका साथै ९ वटा शौचालय बनाई हस्तान्तरण गरिएको छ। साथै  विद्यार्थीहरुलाई आधारभुत स्वास्थ्य शिक्षा सम्वन्धि जानकारी दिने देखि हात धुने तरिका वालवालिकाहरुको लागि कथा वाचन, स्वास्थ्य सम्वन्धि सरसामानहरुको हस्तानतरण रहेको थियो। यसबाट ३५० विद्यार्थी र २०० भन्दा बढि परिवारमा प्रत्यक्ष असर पुग्ने छ।  

 शिला देवी स्कुल रातमाटेमा रहेका दुई स्कुल मध्ये एक हो,  जुन २०७२ सालको भुकम्पमा भत्किएको थियो । राउण्ड टेवल नेपालले उक्त स्कुल मर्मत संभार गरेको थियो र थप जरुरत रहेका शौचालयहरु फोर्ड नेपालको सहकार्यमा निर्माण तथा हस्तान्तरण गरिएको छ।

फोर्ड मोटर कम्पनीले विश्वभर रचानात्मक सामाजिक कार्यहरुमा हात बढाउदै आएको छ। यस बर्ष ग्लोबल केयरिङ्ग मन्थ अन्र्तगत सामाजिक अभियानको लागि फोर्ड मोटर कम्पनीले ७ लाख अमेरिकी डलर अनुदान उपलब्ध गराउने छ।

जिओ फोर्र्डका म्यानेजिङ्ग डाइरेक्टर आकाश गोल्छाले फोर्डले आयोजना गरेको “फोर्ड ग्लोवल क्यरिङ मन्थ” कार्यक्रममा फोर्डका कर्मचारी र स्थानीय सहभागिता समेतको संलग्नतामा विभिन्न सामाजिक कार्य गर्न पाएकोमा प्रसन्नता व्यक्त गरे।

फोर्ड भोलिन्टियर्सहरुका लागि फोर्ड ग्लोबल केयरिङ्ग मन्थ एउटा बार्षिक उत्सवको रुपमा लिइन्छ । फोर्ड मोटर कम्पनीका अध्यक्ष जिम भेलाका अनुसार सेप्टेम्बर महिनाभर ६ महादेशमा छरिएर रहेका ३० हजार भन्दा बढी भोलिन्टियरले ६०० भन्दा बढी स्वयंसेवी आयोजनामा सक्रिय सहभागिता जनाएका छन्। 

यो स्वयंसेवी अभियान नेपालका अतिरिक्त एसिया प्यासिफिक क्षेत्रका भोलिन्टियरहरुले चीन, भारत, ताईवान, अष्ट्रेलिया, न्युजिल्याण्ड, थाइल्याण्ड, भियतनाम, फिलिपिन्स लगायत फोर्डको विक्री क्षेत्रहरुका मुलुकहरुमा पनि विभिन्न आयोजनामा सक्रियता पूर्वक सहभागिता जनाउने छन् । २००५ देखि शुरु भएको फोर्ड भोलिन्टियर कोप्र्सको सदस्यहरुले ५० देशहरुमा  दश लाख घण्टा भन्दा बढी समय सामुदायिक सेवामा योगदान पुर्‍याएका छन्। जुन फोर्डले सामुदायिक सेवाका लागि ३० मिलियन  डलर भन्दा बढीको लगानी गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्