काठमाडौं- कलर्स एप्लाइन्सले आउँदै गरेको दशैँ तिहारको अवसरमा“चट्ट क्यास पट्ट लक”को ग्राहकयोजना घोषणा गरेको छ। यो योजनामा कलर्स होम एप्लाइन्सको खरीदमा उपभोक्ताले रु १४०९० सम्मको नगद फिर्ता तथा एक जनाले बम्पर लक्की ड्र मा ५५ इन्चको स्मार्ट टिभी जित्ने मौका पाउनेछन्।
यो योजना असोज १५ देखि सिमित अवधिका लागि कलर्सका नेपाल भरीका सबै प्रमुख स्टोर्सहरुमा उपलब्ध हुने कम्पनीले जनाएको छ।
कलर्सका उत्पादन जस्तै रेफ्रिजेरेटर, एलइडी टिभीहरु, चेष्टफ्रिजर, अपराइट शोकेस, वासिङ्ग मेशिनलगायत टिकाउ सामान तथा अन्य थुप्रै सामानहरु बजारमा उपलब्ध भएको जनाइएको छ।
कलर्सले घरमा प्रयोग हुने सबै प्रकारका इलेक्ट्रोनिक सामानहरु सुपथ मूल्यमा उपलब्ध गराउँछ, जसले ग्राहकको जीवन पद्धतिलाई सजिलो बनाउन मद्दत गर्दछ। कलर्सका उत्पादनको मार्केटिङ्ग युनिभर्सल इलेक्ट्रोकम प्रालिले गरेको छ। युनिभर्सल इलेक्ट्रोकम प्रालि लक्की ग्रुपको प्रसिद्ध व्यापारिक संस्था हो ।
उक्तकम्पनिले ग्राहकहरुको सुविधालाई ध्यानमा राखीविश्वस्तरीय उत्पादन सुपथमूल्यमा घरसम्म पुर्याउने सेवा प्रदान गर्दछ। आयात र व्यापार हाउसबाट आफ्नो सेवा प्रारम्भ गरेको लक्की ग्रुपले दिगो र उच्च स्तरीय सामानहरुको कारोबार गर्दै आएको छ, जसले इलेक्ट्रोनिक र कम्युनिकेसनसँग सम्बन्धित सामानहरु व्यापक रुपमाग्राहकहरु समक्ष पुर्याएको छ। २००० भन्दा बढीलाई रोजगारी दिन सफल लक्की ग्रुप नेपालका नाम चलेका ५ कर्पोरेट हाउसमा पुग्ने लक्ष्य सहितआफ्नो क्षेत्रमा अघि बढेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४