मंगलबार, चैत १४, २०७९
  • गृहपृष्ठ
  • समाज
  • लोकसेवा परीक्षामा थारु समुदायलाई आरक्षण दिन सर्वोच्चको परमादेश

लोकसेवा परीक्षामा थारु समुदायलाई आरक्षण दिन सर्वोच्चको परमादेश

थारु कल्याणकारिणी सभाले सर्वोच्च अदालतमा दायर गरेको रिटमा मंगलबार न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले थारुसहित नयाँ आरक्षित वर्गका लागि जेजस्तो अनुपातमा आरक्षणको व्यवस्था छ, सोही अनुसार लोकसेवाले लिने परीक्षामा क्षतिपूर्तिसहित आरक्षणको व्यवस्था गर्न परमादेश जारी गरेको हो।
 |  मंगलबार, माघ २४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २४, २०७९

काठमाडौं- सर्वोच्च अदालतले थारु समुदायलाई लोकसेवाले लिने परीक्षामा आरक्षण दिन सरकारका नाममा परमादेश जारी गरेको छ।

National life insurance

थारु कल्याणकारिणी सभाले सर्वोच्च अदालतमा दायर गरेको रिटमा मंगलबार न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले थारुसहित नयाँ आरक्षित वर्गका लागि जेजस्तो अनुपातमा आरक्षणको व्यवस्था छ, सोही अनुसार लोकसेवाले लिने परीक्षामा क्षतिपूर्तिसहित आरक्षणको व्यवस्था गर्न परमादेश जारी गरेको हो। 

सर्वोच्चले जारी गरेको आदेशमा 'कानून निर्माणको अभावमा प्रत्याभूत अधिकारको प्रचलन हुन नसकेबाट आरक्षणको लागि योग्य वर्गमा हुन गएको क्षतिको पूर्ति पनि हुनुपर्ने' देखिएको भनिएको छ। सर्वोच्चले आर्थिक वर्ष २०७९/०८० मा आरक्षण नगरिएबाट वास्तविकरुपमा गुम्न गएका पदहरू समेत समेटी आरक्षण दिन आदेश गरेको छ।

यस्तो छ सर्वोच्चको आदेश 

प्रकाशित: Feb 07, 2023| 08:35. 47 मंगलबार, माघ २४, २०७९

थप समाचार

भोजमा विभेद गरेका गाउँपालिका अध्यक्ष यादवविरुद्ध उजुरी दर्ता

उक्त घटनाको राष्ट्रिय मानव अधिकार आयोगको टोलीले अनुगमन गर्दा अध्यक्ष यादवले जातीय छुवाछूत गरेको निष्कर्ष निकाल्दै कानुनी कारबाही हुनुपर्ने बताएको थियो।

हिन्दू परिषद्का केन्द्रीय सदस्यले चलाएको चिकेन स्टेसनमा गाईको मासु

हिन्दू परिषद् नेपालका केन्द्रीय सदस्य अरुण झाले सञ्चालन गरेको चिकेन स्टेसनले रमदानको अवसरमा गाईको मासुको परिकारमा विशेष छुटसम्बन्धी सामाजिक सञ्जालमार्फत प्रचार गरेको पाइएको हो।

छोरीको तस्बिरमा माला लगाउँदा भावुक भए प्रचण्ड

माइली छोरी रेनु र कान्छी गंगाको बीचमा उभिएका प्रचण्डको भावुक तस्बिर गंगाले सार्वजनिक गरेकी छन्। 

आफ्नै बुबाको जीवन सिध्याए जीवनले

दाउराको चिर्पटले हानेर बुबा नारायणको छोरा जीवनले हत्या गरेको प्रहरीले जनाएको छ।

मिटरब्याजपीडित पैदलै आन्दोलनका लागि उत्रिए काठमाडौं

मिटरब्याज पीडितहरू महोत्तरीको बर्दिवासबाट पैदलै हिँडेर ११औं दिन आज काठमाडौंको मातातीर्थ भित्रिएका हुन्।